२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

नेपालगन्जमा सिटी हलको शुभारम्भ, विकास निर्माणले आर्थिक गतिविधिलाई बढवा दिन्छ : उपप्रधानमन्त्री सिंह



नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१४ स्थित भवानियापुरमा निर्माण भएको नेपालगन्ज सिटी हलको आज शुभारम्भ भएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना बाँकेद्वारा निर्माण भएको सो सिटी हलको उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शुभाररम्भ गरे । उनले विकास निर्माणका कारण अर्थतन्त्र चलायमान हुने उल्लेख गर्दै यसले आर्थिक गतिविधिलाई बढवा दिने बताए ।

उप्रधानमन्त्री सिंहले भने, “सहरका यस्ता विकासले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ र यसले अर्थतन्त्रमा योगदान गर्छ ।” उनले विगतका तुलनामा विकासले गति लिएको उल्लेख गर्दै समाजमा केही नभएको भनेर नकारात्म प्रवृत्ति हावी भएको बताए । सो अवसरमा उनले सिटी हलको व्यवस्थापन नेपालगन्ज उपमहानगरपालिकका प्रमुख प्रशान्त विष्टलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सदस्य किशोरसिंह राठौरले सहरमा विकासले गति लिँदै जाँदा त्यसबाट स्थानीयले लाभ लिन सक्नेमा जोड दिए । उनले समाजमा गलत भाष्य निर्माण गरेर केही नभएको प्रचार गरिएको बताए ।

प्रतिनिधिसभाका सदस्य दीपा शर्माले महानगर बन्नका लागि यस्ता पूर्वाधार सहयोगी हुने विश्वास व्यक्त गरिन् । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सिटी हललाई शीघ्र सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।

कूल रू २८ करोड बढी लागतमा निर्माण भएको सिटी हलको क्षमता सात सय ९५ सिट रहेको छ । विसं २०७५ मा निर्माण सुरू गरिएको सिटी हल २०८१ साउनमा निर्माण सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ८ : ३३ बजे

प्रधानमन्त्रीद्वारा कतारी समकक्षीसँग टेलिफोन संवाद, नेपालीको सुरक्षाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

बागलुङ । यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन्

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मात्र मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा हालसम्म करिब ४८

दिउँसो ३ बजेसम्म ७६ लाखभन्दा बढी मतदान, ४० प्रतिशत मत खस्यो

काठमाडौं । देशभर जारी प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार दिउँसो ३