३ पुस २०८२, बिहिबार | December 18, 2025

राष्ट्र बैंकद्वारा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नयाँ व्यवस्था



काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष र हायर पर्चेज कर्जा दिने संस्थाका लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नयाँ व्यवस्था ल्याएको छ ।

राष्ट्र बैंकले आज यी संस्थाहरूका लागि निर्देशन जारी गर्दै ग्राहकको पहिचान तथा सोको सम्पुष्टि (केवाईसी) नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा अनिवार्य गर्ने, उच्च पदस्थ व्यक्ति पहिचान तथा यकिन गर्ने, उनीहरूको वर्गीकरण गर्ने, उच्चपदस्थका परिवार तथा सम्बद्ध व्यक्ति पहिचान गर्नेलगायतका काम गर्न निर्देशन दिएको हो ।

यी संस्थाहरूले पदमा बहाल रहेका उच्च पदस्थ व्यक्ति, पदमा बहाल नरहेका उच्च पदस्थ व्यक्ति, छिमेकी वा नजिकका मुलुकको विदेशी उच्च पदस्थ व्यक्ति, अन्य विदेशी उच्च पदस्थ व्यक्ति र अन्तर्राष्ट्रिय संस्थाको उच्च पदस्थ व्यक्तिका रूपमा ग्राहक वर्गीकरण गर्नुपर्नेछ ।

त्यसैगरी, शङ्कास्पद कारोबार तथा गतिविधिको प्रतिवेदन तयार गर्दा नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइले जारी गरेको कार्यविधिअनुसार गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १० : ०१ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन