२६ बैशाख २०८३, शनिबार | May 10, 2026

औषधी व्यवसायी रुपन्देहीको छैठौ वार्षिक साधारण सभा सम्पन्न



बुटवल । नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा रुपन्देहीको छैठौं वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेलले उद्घाटन गर्दै रुपन्देही शाखाबाट ब्यवसायीक हकहितसंगै संस्थागत सम्बन्धमा समेत उत्कृष्ट कार्य हुदै आएको बताए । देशभरमै नमुना शाखाका रुपमा पहिचान दिन र अन्य शाखालाई उदाहरण बन्न सफल भएको उनले बताए ।

यसैबिच रुपन्देही शाखाबाट जिल्ला शाखा कपिलवस्तुलाई भवन निर्माण सहयोगार्थ २५ हजार रुपैया प्रदान गरिएको छ । कार्यक्रमका संघका अध्यक्ष खड्ग बहादुर बस्नेतले ब्यवसायीक दक्षता अभिवृद्धि हुने विभिन्न तालिम र सामाजिक क्षेत्रमा समेत संस्थाबाट काम हुदै आएको बताए ।

कार्यक्रममा संघका पूर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, प्रदेश अध्यक्ष लुकराज न्यौपाने, प्रदेश निबर्तमान अध्यक्ष शिव ज्ञवाली, शाखाका सस्थापक अध्यक्ष सुरज भट्टराई, संघका वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम भट्टराई, महासचिव कृष्णप्रसाद शर्मा पोखरेलले संवेदशिल औषधी व्यवसायीहरुप्रति सरकार गम्भिर नभएको आरोप लगाउदै यसमा भएको समस्या समाधान तर्फ लाग्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा अध्यक्ष, महासचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत र छलफल गरी साधारणसभाबाट अनुमोदन गरिएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ६ : ४३ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु