६ माघ २०८२, मंगलबार | January 20, 2026

मन्दिरमा पानी लिएर जाँदै गरेको ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु



काठमाडौं । धादिङको गल्छि गाउँपालिका-३ मा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गजुरी गाउँपालिका-६ बस्ने १८ वर्षका प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षका जयराम चेपाङ छन् ।

दुर्घटनामा घाइते भएको उनीहरूको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश हमालले जानकारी दिए ।

बुधबार बिहान गुप्तेश्वरभिरस्थित भित्रि कच्ची सडकमा आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गरेको बा.प्र ०१-००४ क ३३५२ नम्बरको ट्याङकर ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गजुरी ६ बस्ने १९ वर्षका सिरिश चेपाङ र १७ वर्षीय सुरेस चेपाङको जिल्ला अस्पताल धादिङमा उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

ट्याङकर चालक गजुरी ६ बस्ने २३ वर्षका दिनेश चेपाङलाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ६ : ५८ बजे

सर्लाही–४ मा गगन थापाको उम्मेदवारी वारेसमार्फत दर्ता

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब नाघ्यो

काठमाडौं ।नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ । चालु

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वारेसमार्फत

गगन थापालाई कांग्रेस सभापतिका रूपमा काम गर्न सर्वोच्चको बाटो खुला

काठमाडौं । गगन थापालाई नेपाली कांग्रेसको सभापतिमा मान्यता दिने निर्वाचन

पूर्वप्रधानमन्त्री माधव नेपालले रौतहट-१ बाट गराए मनोनयन दर्ता

रौतहट । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले