१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आज एकैदिन तीनवटा चलचित्र रिलिज, अग्रिम बुकिङमा ‘लाज शरणम्’ अगाडि



काठमाडौं । महाशिवरात्रिको बिदाको अवसर पारेर आज तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ आजबाट प्रदर्शनमा आएका हुन् ।

चलचित्र ‘लाज शरणम्’ लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र हो । यसमा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् । चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।

‘फेरि रेशम फिलिली’लाई निरोज महर्जनले निर्देशन गरेका छन् । यसमा विनय श्रेष्ठ र सुपुष्पा भट्ट मुख्य भूमिकामा छन् । ‘मायावी’लाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् । यसमा पल शाह र दिपीका प्रसाईं मुख्य भूमिकामा छन् ।

यी तीन चलचित्रमध्ये ‘लाज शरणम्’ले सबैभन्दा धेरै शो पाएको छ । अग्रिम बुकिङमा पनि अरुभन्दा ‘लाज शरणम्’ अगाडि देखिएको छ । यसले बक्सअफिस कलेक्सन राम्रो गर्ने संकेत गरेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ७ : ०१ बजे

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको