७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपाल बारको अध्यक्षमा आरपीएलएएनबाट रमणकुमार श्रेष्ठ उम्मेदवार



काठमाडौं । गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठन नेपाल (आरपीएलएएन) ले नेपाल बार एशोसिएशनको आसन्न निर्वाचनमा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको आरपीएलएएनको बैठकले वरिष्ठ अधिवक्ता श्रेष्ठलाई उम्मेदवार घोषणा गरेको हो । वरिष्ठ अधिवक्ता श्रेष्ठ नेपाल बार एशोसिएशनका पूर्व महासचिव र सरकारका पूर्व महान्यायाधिवक्तासमेत हुन् ।

त्यसैगरी, उपाध्यक्षमा प्रदेश नं. १ बाट अधिवक्ता दर्शनबहादुर राई (दर्शन कर्ण), मधेश प्रदेशबाट अधिवक्ता मन्सुर मिया, कर्णालीबाट वरिष्ठ अधिवक्ता बिद्याभूषण मानन्धर, बागमतीबाट अधिवक्ता गुणराज घिमिरे, अधिवक्ता कृष्ण ढुंगाना, वरिष्ठ अधिवक्ता भीमबहादुर गुरुङ, गण्डकी प्रदेशबाट केशव प्रसाद पराजुली, सुदुरपश्चिमबाट अधिवक्ता निरन्जन विष्ट,अधिवक्ता यज्ञराज जोशीले दाबी गरेका छन् ।

त्यसैगरी केन्द्रीय सदस्यमा अधिवक्ता गोपी भण्डारी, अधिवक्ता उमेश प्रसाद साह, अधिवक्ता मन कुमार राइ, अधिवक्ता राधेश्याम चौधरी, अधिवक्ता सुलोचना बज्रचार्य, अधिवक्ता बिकास त्वजु, अधिवक्ता बिरेन्द्र खडका, अधिवक्ता भविश्वर पौडेल र अधिवक्ता प्रेमबहादुर थोकरले दाबी गरेका छन् ।

नेपाल बारको नयाँ नेतृत्व चयनका लागि आगामी चैत २३ गते निर्वाचन हुँदैछ । आरपीएलएएनले चुनावमा वामपन्थीहरुसँग सहकार्यको ढोका भने खुला रहेको बताएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ८ : ३४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई