६ श्रावण २०८३, बुधबार | July 22, 2026

माओवादी अध्यक्ष प्रचण्डद्वारा सहिद रमेश रामको शालिक अनावरण



गोलबजार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० बनौलामा निर्माण गरिएको सहिद रमेश रामको शालिक अनावरण गरेका छन् ।

हुलाकी सडकखण्ड केन्द्रित गरेर झापाको कचनकबलबाट सुरू गरिएको ‘तराई मधेस जागरण अभियान’ का क्रममा अध्यक्ष प्रचण्डले आज यहाँ शालिक अनावरण गरेका हुन् । सो अवसरमा उनले नेपालमा भएका हरेक परिवर्तन नेपाली जनताको त्याग र बलिदानबाट मात्रै सम्भव भएको बताए ।

अध्यक्ष प्रचण्डले जनताको धेरै ठूलो सङ्घर्ष र बलिदानबाट देशमा शान्ति सम्झौता, संविधानसभाको निर्वाचन, सङ्घीय लोकतन्त्रको घोषणासँगै कार्यान्वयनको वातावरण बनेको हुँदा देशको राजनीतिक परिवर्तनमा जनताको त्याग र बलिदान रहेको बताए ।

उनले पछिल्लो पटक आफ्नो नेतृत्वमा देशका सबै सहिद राष्ट्रिय सहिदको रूपमा सम्मान दिई नेपाल राजपत्रमा प्रकाशन भई सकेकाले अब यसलाई कसैले उल्ट्याउन नसक्ने बताए । सत्य निरूपण तथा मेलमिलाप विधेयक पारित भएको बताउँदै उनले मेलमिलाप आयोग गठन भएपछि सहिद परिवारलाई सम्मान गर्ने, परिपूरण दिने पाटो खुल्ने बताए ।

परिवर्तन सामान्य र सुधारात्मक मात्र नभएर गुणात्मक, युगान्तकारी र धेरै परसम्म जाने भएको प्रचण्डको भनाइ छ । उनले देश गणतन्त्रमा प्रवेश भएको युगान्तकारीसँगै धेरै ठूलो परिवर्तन भएको उल्लेख गरे ।

डाक्नेश्वरी नगरािलिका–१० बनौलमा मा जन्मिएर देशको सामाजिक तथा राजनीतिक परिवर्तनका खातिर लड्दै आफ्नो सप्तरीकै बोदे बरसाइन बजारमा विसं २०६१ असार ४ गते साहदत प्राप्त गरेका सहिद रमेश रामको सम्झनामा शालिक निर्माण गरेको हो । सो अवसरमा अध्यक्ष प्रचण्डले सहिद परिवारका सदस्यलाई सम्मान गरेका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ९ : ५३ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९