६ श्रावण २०८३, बुधबार | July 22, 2026

राप्रपाको आज बुटवलमा आमसभा, अध्यक्ष लिङ्देनले सम्बोधन गर्ने



बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बुटवलमा आमसभा गर्दै छ । ‘अवस्था बदल्न व्यवस्था बद्लौं’ भन्ने नाराका साथ राप्रपा लुम्बिनी प्रदेशको आयोजनामा आज बुटवलमा आमसभा हुन लागेको हो ।

राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले सातवटै प्रदेशमा पार्टीले आयोजना गर्ने कार्यक्रम अन्तर्गत आज जनजागरणको रूपमा सभा गर्न लागिएको जानकारी दिए । उनका अनुसार सभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षद्वय विक्रम पाण्डे, ध्रवबहादुर प्रधान, महामन्त्री धवल शमसेर राणा, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरुले सम्बोधन गर्नेछन ।

ट्राफिकचोकमा गरिने सभामा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट पार्टीका नेता-कार्यकर्ता तथा आम नागरिकको सहभागीता हुने पार्टीले जनाएको छ । आमसभा आज दिउँसो १२ बजेदेखि सुरु हुनेछ ।

आमसभा पूर्व बुटवलको बसपार्क र आँखा अस्पतालबाट र्‍याली निकालिने छ । बसपार्कबाट निकालिने र्यालीको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षद्वय विक्रम पाण्डे, ध्रवबहादुर प्रधान र केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापाले नेतृत्व गर्नेछन् भने लायन्स आँखा अस्पतालबाट निकालिने र्‍यालीको नेतृत्व महामन्त्री धवल शमसेर राणा र प्रवक्ता ज्ञानेन्द्र शाहीले गर्नेछन् ।

देशमा वर्तमान अवस्थामा व्याप्त विसंगति, विकृति, भ्रष्टाचारको बारेमा तथा राप्रपाको भावी कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले आमसभाको आयोजना गरिएको अध्यक्ष उदयले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ७ : ४१ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा