९ चैत्र २०८२, सोमबार | March 24, 2026

रुपन्देही सियारीको गहुँबारीमा मृत फेला परेकी संगीताको हत्या भएको पुष्टी, एकजना पक्राउ



बुटवल । गत फागुन ८ गते रुपन्देहीको सियारी १ अन्तर्गत बेथरी बेलबास करिडोरको पूर्वतर्फको लेनदेखी तलतिर गहु खेतमा फेला परेको महिलाको शवको पहिचान हुनुका साथै महिलाको हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देही सियारी गाउँपालिका वडा नं. २ भगदरी स्थित बेथरी बेलबास करिडोरको पूर्वतर्फको लेनदेखी तलतिर गहु खेतमा नामथर नखुलेको महिलाको लाश उत्तानो अवस्थामा गत ८ गते फेला परेको थियो । प्रहरी अनुसन्धानबाट फेला परेको शव दाङ लमही नगरपालिका वडा नं. ७ उच्चलिम्बु बस्ने ४० वर्षिया संगीता चौधरीको रहेको खुलेको तथा संगीताको हत्या भएको प्रहरीले जनाएको छ । हत्या अभियोगमा प्रहरीले रूपन्देही तिलोत्तमा नगरपालिका वडा न.१२ का ४२ वर्षिय अमिरीका थारु (अजय थारु)लाई पक्राउ गरेको हो ।

दुबैजना संगसंगै ज्याला मजदुरीको काम गर्ने र कामबाट फर्केर मादक पदार्थ सेवन गरी झै-झगडा गर्ने क्रममा अजयले नजिकै रहेको ढुङ्गाले हानेर संगीताको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताए । शव फेला परेको सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा स्निफिङ डग सहितको अनुसन्धान टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेको जनाउँदै उनले अनुसन्धानकै क्रममा अजय पक्राउ परेको बताए ।

प्रहरीले पक्राउ परेका अजयबाट हत्या अभियोग खुल्ने दशी प्रमाण फेला परेको र सोही प्रमाणका आधारमा अनुसन्धान भइरहेको पनि डीएसपी कार्कीले बताए । प्रहरीले पक्राउ परेका अजयलाई जिल्ला अदालतबाट ८ दिन म्याद लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ७ : ५७ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११