२२ भदौ २०८३, सोमबार | September 8, 2026

टोखामा गोली हानेर समातिएका भारतीय सुटर गुड्डु लाल मोहम्मद हत्यामा संलग्न



काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखामा गोली हानेर पक्राउ गरेका गुड्डु पटेल हत्या प्रकरणमा फरार अभियुक्त भएको खुलेको छ । गोली हानी पक्राउ गरेका व्यक्ति दुई वर्षअघि गोठाटारमा मारिएका लाल मोहम्मद प्रकरणका फरार आरोपी रहेको खुलेको हो ।

टोखामा गोली हानी पक्राउ गरिएका गुड्डु पटेल मोहम्मद हत्यामा संलग्न सुटर भएको अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतले जानकारी दिएका छन् । लाल मोहम्मद हत्या प्रकरणका फरार आरोपी गुड्डु नेपाल आएको सूचना पाएर पक्राउ गर्न गएको प्रहरी टोलीमाथि पटेलले आक्रमण गरेपछि गोली चलाउनु परेको एसएसपी बस्नेतले बताए ।

प्रहरीले सुरूमा दुई राउण्ड हवाई फायर गरेर अत्मसमर्पण गर्न भन्दा पनि पटेल भाग्न खोजेपछि गोली प्रहार गरेर पक्राउ गरिएको प्रहरीको दाबी छ । पक्राउ घाइते पटेललाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

सर्लाही घर भइ काठमाडौंमा गार्मेन्ट उद्योग संचालन गरिरकेका मोहम्मद ३ असोज २०७९ मा अज्ञात व्यक्तिको गोली प्रहारबाट मारिएका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ८ : २० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार