१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु



सङ्खुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा बन्ने एक हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरु भएको छ ।

पहुँचमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गरेर दुई हजार एक सय रूख कटान भइसकेको आयोजनका प्रशासन प्रमुख पूर्ण चौहानले जानकारी दिए । हेलिकप्टरबाट निर्माण सामग्री ढुवानी गरी पहुँचमार्ग निर्माण थालिएको हो । आयोजना निर्माण गर्न चार सय १३ रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ ।

भोटखोला गाउँपालिका-२ र ४ नम्बर वडाका राष्ट्रिय वन र सामुदायिक वनका रूख कटानका लागि १३ करोड ६५ लाख राजस्व वन विभागमा भुक्तानी भइसकेको छ ।

प्रशासन प्रमुख चौहानका अनुसार उक्त क्षेत्रमा जग्गाको मूल्य प्रतिरोपनी एक लाख ५० हजार तोकिएको थियो । आयोजना सञ्चालनका क्रममा विकास सम्झौता (पीडीए) अनुसार रूख कटान भए पनि बिरुवा अर्को ठाउँमा रोपिने छन् । आयोजनाले बिरुवा रोप्न, हुर्काउन र बढाउन १३ करोड ६५ लाख वन विभागलाई भुक्तानी गरिसकेको छ ।

पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिनेछ । भोटखोला गाउँपालिका-४ छोराङदेखि भोटखोला-२ रुकुमा फेदीसम्म मार्ग निर्माण हुनेछ । पहुँचमार्ग निर्माण गर्न सात अर्ब ९१ करोड ३९ लाख विनियोजन गरिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ७ : ५० बजे

दाङमा मौलाउँदो व्यावसायिक फूलखेती

दाङ । दाङमा पछिल्लो समय व्यावसायिक सयपत्री फूलखेतीतर्फ आकर्षण बढेको

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

मनाङ । अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण

राप्तीसोनारीमा धानको बजार सुनिश्चित गर्दै कृषि सहकारी

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ स्थित साकार कृषि सहकारी

डोल्पा कारागारबाट सुरुङ खनेर भागेका थप दुई कैदी पक्राउ, अझै चार जना फरार

सुर्खेत । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ

भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका