३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

मुख्यमन्त्री कोहलपुर गोल्डकप : राईनोलाई हराउँदै प्लानिङ ब्वाईज सेमिफाइनलमा



कोहलपुर । बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामाप्लानिङ ब्वाईज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको तेस्रो दिन सोमबार कोहलपुर–२ स्थित तेह्र विगाह खेल मैदानमा भएको खेलमा राईनो फुटबल क्लब गण्डकीलाई २–० गोल अन्तरले हराउँदै प्लानिङ ब्वाईजले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोलीले गोलका लागि थुप्रै प्रयास गरेपनि सफल हुन सकेनन् । दोस्रो हाफको ४७औँ मिनेटमा गोल गर्दै प्लानिङ ब्वाईज युनाइटेड क्लबका जर्सी नम्बर २८ का विदेशी खेलाडी एलेक्सले टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा प्लानिङ ब्वाईज विपक्षी राईनो फुटबल क्लबमाथि हाबि भएको थियो । खेलको अतिरिक्त समयमा मैदान प्रवेश गरेका प्लानिङ ब्वाईजका जर्सी नम्बर १४ का नम्बर सरोज कार्कीले गोल गर्दै टोलीलाई सहज जित दिलाए ।

प्लानिङका एलेक्स म्यान अफ र म्याच घोषित भए । उनलाई कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, कोहलपुर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष डम्बर बहादुर खड्का र कोहलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चिन्तामणी धितालले नगद पाँच हजारसहित म्यान अफ म्याच प्रदान गरेका थिए ।

प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल मंगलबार दिउँसो साढे ३ बजे अफ्रिकन घाना फुटबल क्लब र काँक्रेविहार फुटबल क्लब सुर्खेतबीच हुने प्रतियोगिताका संयोजक कर्ण बस्नेतले बताए । कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ देखि प्रतियोगितामा घाना र भारतीय सहित आठ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन् । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ९ : ५६ बजे

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा