२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

संसदमा विपक्षी दलहरूको एकस्वर – यौटा कुलमान हटाए हजारौं कुलमानहरू जन्मिनेछन्



काठमाडौं। प्रतिपक्षी दलहरु एकस्वरले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा उभिएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठक सुरु हुनेवित्तिकै प्रतिपक्षी दलका सांसदहरुले कुलमान घिसिङ विरुद्ध सरकारले बारम्बार प्रताडित गरेको भन्दै आपत्ति जनाएका हुन् ।

विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए। पाण्डेले घिसिङमाथि पटकपटक स्पष्टीकरण सोधिएको र कार्यसम्पादन मूल्याङ्कनमा शून्य नम्बर दिएकोमा विरोध जनाए ।

पाण्डेले कुलमानलाई सरकारले पटक पटक स्पष्टीकरण सोधेर दु:ख दिइरहेको भन्दै सभामुखबाट सरकारलाई रुलिङ हुनुपर्ने माग गरेका छन् । पाण्डेले सभामुखको रुलिङ नआएसम्म आफुहरुले संसद अवरोध गर्ने बताए।

उनले नेपालमा लोडसेडिङ हटाएको र लगातार घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याएका कुलमानलाई हटाउन सरकारले अनेकौं प्रप्रन्च गरिरहेको आरोप लगाउदै आफुहरुले यसको विरोध गर्ने बताए।

उनले भने, ‘कुलमानलाई निरन्तर सरकारले प्रष्टीकरण सोध्ने कुरा हामी बारम्बार सुनिरहेका छौं । उहाँको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको हामीले सुनेका छौं । सरकार जसले एउटा राम्रोसँग काम गरेको, निरन्तर विषयवस्तुलाई बेवास्था गरिरहेका छ । जसले विद्युत प्राधिकरणलाई नाफामा लगेको छ । आम नागरिकले राम्रो भनेका छन् । जनताले विद्युत प्राधिकरणलाई राम्रो भनेका छन् । तर, सरकारले शून्य अंक दिएको भनेर हामीले सुनेका छौं । सरकारको आफ्नै मन्त्रालयको मूल्यांकन नहेर्ने र ठीक ढंगले प्राधिकरणमा काम गरिरहेका व्यक्तिलाई शून्य अंक दिएको छ । त्यतिमात्र होइन् । लोडसेडिङले मुलुक आक्रान्त पारेको बेला प्राधिकरणलाई नाफामा लाने व्यक्तिमाथि निरन्तर प्रतिशोध साँधिएको छ ।’

रास्वपाका मनिष झाले कुनमान घिसिङलाई हटाए हजारौं कुलमानहरु जन्मिने चेतावनी दिए । राप्रपाका ज्ञानेन्द्र शाहीले कुलमानलाई षड्यन्त्रपूर्वक हटाए संसद र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १ : ५० बजे

हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न पर्वतारोहण सङ्घलाई आग्रह

काठमाडौं । पर्वतारोहण रोयल्टीबापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा

मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति

मुस्ताङ । पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुुको आक्रमणबाट २३९

अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजको खेलमा अमेरिकाले

चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण

बेइजिङ । चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा

नेपाल-बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

काठमाडौं । बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित