८ पुस २०८२, मंगलबार | December 24, 2025

सुशासन प्रवर्द्धन अध्यादेश संसदबाट स्वीकृत



काठमाडौं । प्रतिनिधि सभामा विपक्षीदलका ७ सांसदले अस्वीकृतको प्रस्ताव गरेपनि प्रतिनिधिसभाबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ स्वीकृत भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकले ध्वनीमतका आधारमा यो अध्यादेश स्वीकृत गरेको हो । यो अध्यादेशमा विपक्षी दलहरूको तर्फबाट ७ जना सांसदको अस्वीकृत गर्ने प्रस्ताव परेकोमा ती प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले अस्वीकृत गरेको हो ।

विपक्षी सांसदको प्रस्ताव अस्वीकृत भएलगत्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यादेश स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव प्रस्तुत गरे । जसलाई सभाले बहुमतले स्वीकृति प्रदान गरेको सभामुख देवराज घिमिरेले घोषणा गरे ।

अब सरकारलाई अध्यादेश प्रतिस्थापन गर्ने विधेयक ल्याउन बाटो खुलेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ३ : ४५ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना