१५ पुस २०८२, मंगलबार | December 30, 2025

सरकारले दिएको शुन्य नम्बरले आफूलाई कुनै मान्य राख्दैन : कुलमान घिसिङ



बुटवल । उर्जा मन्त्रालयबाट कार्य सम्पादनमा शुन्य नम्बर पाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्य सम्पादनमा सरकारले दिएको शुन्य नम्बरले आफूलाई कुनै मान्य नराख्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय लुम्बिनी प्रादेशिक कार्यालय बुटवलले बुधबार आयोजना गरेको स्थानीय तहहरुलाई सम्मान कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन् ।

सरकारले हालै मात्र सार्वजनिक गरेको कार्यमुल्याङ्कमा उनलाई दिइएको शुन्य नम्बरको बारेमा टिप्पणी गर्दै उनले आफू पदमा रहँदाको अन्तिम मिनेटसम्म पनि काम गर्ने प्रतिबद्धता गरे । सरकारलाई पटक–पटक स्पष्टिकरण समेत दिनु परेको उल्ल्ख गर्दै उनले जति स्पष्टिकरण दिनुपरे पनि काम गर्ने कुरामा आफूलाई फरक नपर्ने बताए । विद्युत प्राधिकरण पनि सरकारी अंगनै भएको उनले बताए ।

‘मलाई शुन्य दिए पनि सय दिएपनि मान्यता राख्दैन ।’–घिसिङले भने, ुहामी सबै राष्ट्रिय जिम्मेवारी लिएर काम गरेका छौं । अन्तिम मिनेटसम्म पनि काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।’

प्राधिकरणमा आफू आउनुअघि मुलुक लोडसेडिङको अवस्थामा रहनुका साथै विद्युत वितरण समेत सबै ठाउँमा नपुगेको अवस्थाबाट हाल ९९ प्रतिशत घरमा विद्युत सेवा बिस्तार गर्न सफल भएको र लोडसेडिङ अन्त्य गर्न सफल भएको घिसिङले दाबी गरे । उनले प्राधिकरणले अब स्मार्ट मिटरको कार्यक्रमलाई अघि बढाउने योजना अघि सारेको जानकारी दिए । ‘शहरी क्षेत्रमा सुधार, ग्रामिण क्षेत्रमा बिस्तार’ भन्ने नाराकासाथ प्राधिकरणले काम गरिरहेको जनाउँदै घिसिङले कुनै पनि नेपालीको घरमा बत्तिविहिन नबनाइने उल्लेख गरे ।

घर–घरमा विद्युत पुगिसकेको बताउँदै उनले अब कृषि र पशुपालनतर्फ खेतबारीमा समेत विद्युत पुर्याउनु पर्ने उल्लेख गरे । विद्युतीय सेवाको सुधारलाई विशेष प्राथमिकतामा राखिएको बताउँदै उनले आगामी २०५० सम्म कति लोड बढ्छ सो बारे अध्ययन गरी योजना निर्माण गर्नेतर्फ प्राधिकरण लागिरहेको बताए । विद्युतको प्रयोगलाई वृद्धि गर्नका लागि प्राधिकरणले विद्युतीय चार्जिङ स्टेशन स्थापनाका लागि ६० प्रतिशत अनुदान तथा ट्रान्सफर्मरको व्यवस्था गरिरहेको उल्लेख गर्दै हालसम्म १ हजार स्थानमा विद्युतीय गाडी चार्जिङ स्टेशन सञ्चालनमा आएको र देशभर अझै ८ हजार स्थानमा स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिए ।

कार्यक्रममा सडक महशुल बुझाउने १७ वटा स्थानीय सरकारलाई सम्मान गरिएको थियो । समयमा सडक बत्तिको महशुल बुझाउने पालिकाहरुमा रुपन्देहीको तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिकासहित विभिन्न जिल्लाका पालिकाहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगर नगरपालिका प्रमुख मोहम्मद इस्तियाक खाँ, सुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल लगायतले प्राधिकरणले कृषि, मत्स्य तथा पशुपालनका क्षेत्रमा विद्युत महशुल छुट गरिनु पर्ने माग गरेका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ७ : ३४ बजे

होटल पौवाले नेपालगन्जमा ‘न्यु इयर इभ’ आयोजना गर्दै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा ५ तारेको लक्ष्य सहित निर्माणाधिन होटल

ओलीको कटाक्ष : कुखुरा-बाख्राको मोर्चाले बाघसँग मुकाबिला गर्न सक्दैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र

पैचो पसलले मनायो ११ औं वार्षिकोत्सव, गाँउको अर्थतन्त्रलाई चलायमान बनाईरहेको दाबी

गुल्मी । ‘बसेपनि शहर गाँउकै खाने रहर’ भन्ने मुल नाराको

समानुपातिकको बन्द सूची बुझाएका दलको यस्तो छ चुनाव चिन्ह (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक