१५ चैत्र २०८२, आइतबार | March 29, 2026

कुलमानलाई ३ दिन म्याद दिएर स्पष्टिकरण सोध्ने मन्त्रिपरिषदको निर्णय



काठमाडौँ । उर्जा मन्त्रालयले सोधेको स्पष्टिकरणमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रालयलाई स्पष्टिकरण सोध्ने अधिकार नभएको स्पष्टिकरण दिएपछि मन्त्रिपरिषदबाटै निर्णय गरेर सरकारले कार्यकारी निर्देशक घिसिङलाई स्पष्टीकरण सोध्ने भएको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तीन दिनको म्याद दिएर उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । उर्जामन्त्री दिपक खड्काको प्रस्तावमा कुलमानलाई तीन दिनको समय दिएर स्पष्टीकरण सोध्न मन्त्रालयलाई अधिकार दिने मन्त्रिपरिषदबाट निर्णय गरिएको हो ।

यसअघि मन्त्रालयले कुलमानलाई कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक दिदा हटाउने प्रक्रिया अघि बढाएको थियो ।  कुलमानलाई मन्त्रालयले सोधेको स्पष्टीकरणमा उनले आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले हटाउने र स्पष्टीकरण सोध्ने अधिकार पनि मन्त्रिपरिषद्लाई नै भएको बताएका थिए ।

बुधबार मात्र घिसिङले बुटवलमा सरकारले दिएको कार्य सम्पादनको शुन्य अँकले आफुलाई कुनै मान्य नराख्ने बताएका थिए । उनले आफु पदमा रहेको अन्तिम घडिसम्म प्राधिकरणको हितमा काम गर्ने पनि जनाएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ९ : ५४ बजे

सरकारको पहिलो कामलाई लगानीकर्ताको रेडलाइट, नेप्सेमा ७१ अङ्कको गिरावट

काठमाडौं । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल

बाँके एमालेको नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर

नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला