काठमाडौँ । उर्जा मन्त्रालयले सोधेको स्पष्टिकरणमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रालयलाई स्पष्टिकरण सोध्ने अधिकार नभएको स्पष्टिकरण दिएपछि मन्त्रिपरिषदबाटै निर्णय गरेर सरकारले कार्यकारी निर्देशक घिसिङलाई स्पष्टीकरण सोध्ने भएको छ ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तीन दिनको म्याद दिएर उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । उर्जामन्त्री दिपक खड्काको प्रस्तावमा कुलमानलाई तीन दिनको समय दिएर स्पष्टीकरण सोध्न मन्त्रालयलाई अधिकार दिने मन्त्रिपरिषदबाट निर्णय गरिएको हो ।
यसअघि मन्त्रालयले कुलमानलाई कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक दिदा हटाउने प्रक्रिया अघि बढाएको थियो । कुलमानलाई मन्त्रालयले सोधेको स्पष्टीकरणमा उनले आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले हटाउने र स्पष्टीकरण सोध्ने अधिकार पनि मन्त्रिपरिषद्लाई नै भएको बताएका थिए ।
बुधबार मात्र घिसिङले बुटवलमा सरकारले दिएको कार्य सम्पादनको शुन्य अँकले आफुलाई कुनै मान्य नराख्ने बताएका थिए । उनले आफु पदमा रहेको अन्तिम घडिसम्म प्राधिकरणको हितमा काम गर्ने पनि जनाएका थिए ।



















प्रतिक्रिया