२ श्रावण २०८३, शनिबार | July 19, 2026

नेपालगन्ज भन्सारको आयात निर्यातको अंकमा वृद्धि



नेपालगन्ज । पश्चिम नेपाल प्रमुख व्यापारिक प्रवेश द्वार मानिएको नेपालगन्ज भन्सारले चालु आर्थिक वर्षमा आयात निर्यात सहित तोकिएको लक्ष्यमा पनि बृद्धि गरेको छ ।

नेपालगन्ज भन्सार कार्यालयबाट चालु कार्थिक वर्षको माघ महिनासम्म ४२ अर्ब ३४ करोड ९५ लाख बराबरको सामान आयात भएको छ भने चालु आर्थिक वर्षको सात महिनामा यो नाकाबाट एक अर्ब ५१ करोड ४३ लाख बराबरको सामान निर्यात भएको छ ।

गत वर्ष सोही अवधिमा ३९ अर्ब ९० करोड ३९ लाख बराबरको सामान आयात भएको थियो भने गत वर्ष सोही अवधीमा एक अर्ब ३३ करोड ८४ लाख बराबरको सामान निर्यात भएको थियो।

गत वर्षको तुलनामा यो वर्ष हालसम्म २ अर्ब ४४ करोड जति आयात बढेको तथा १७ करोड ५९ लाख भन्दा बढी निर्यात वृद्धि भएको नेपालगन्ज भन्सारका सूचना अधिकारी पवित्रकुमार खड्काले बताए।

नेपालगन्ज नाकाबाट सात महिनाको अवधिमा गत आर्थिक वर्षको सोही अवधी भन्दा ६ प्रतिशतले आयात र १३ प्रतिशतले निर्यात वृद्धि भएको उनले बताए। उनका अनुसार भन्सार विभागले नेपालगन्ज भन्सारलाई दिएको लक्ष्यमा पनि प्रगति गरेको छ । गत वर्षको तुलनामा साउन महिना बाहेक ६ महिनामा अघिल्लो वर्षको तुलनामा लक्ष्य प्राप्तिमा प्रगति गरेको हो । अघिल्लो वर्ष विभाष्ले दिएको लक्ष्यमा औसत ६० देखि ६५ प्रतिशत लक्ष्य हासिल गरेकोमा चालु आवमा साउन बाहेकका माघ महिना सम्ममा ७० प्रतिशत लक्ष्य पुगेको खड्काले बताए ।

सूचना अधिकारी खड्काले नेपालगन्ज नाकाबाट मुख्य निर्यात हुने वस्तुमध्ये जडिबुटी लगायतका विभिन्न प्रकारका तेलजन्य खाद्यवस्तु रहेको बताए । खड्काका अनुसार चालु आवको सात महिनामा नेपालगन्ज नाकाबाट सबै भन्दा बढी निर्यात हुने वस्तुमा खोटो रोजीन, तार्पिन तेल, काजु, अदुवा, खरेटो–कुचो, बहुमूल्य पत्थर, सिलाजित पेष्ट र सिमेन्ट रहेको सूचना अधिकारी खड्काले बताए। त्यसैगरि नेपालगन्ज नाका हुँदै खयर कत्था, वनस्पतिका सारहरु, बिभिन्न जडिबुटी तथा बनस्पतीका एसेन्सियल आयल, रिठ्ठा र नौनी बटर घ्युको निर्यात पनि वृद्धि भएको तथ्यांकमा देखिएको छ ।

नेपालगन्जबाट सबैभन्दा बढी आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ, चामल, दलेको र नदलेको दाल, कपडा, मकै लगायतका खाद्यान्न, चिनी, तरकारी तथा फलफूल, विभिन्न मेसिनरीका सामान रहेको खड्काले जानकारी दिए ।

माघ महिना सम्ममा १० अर्व ९५ करोड राजश्व असुली भएको उनले बताए । अघिल्लो आर्थिक वर्षमा २८ अर्व लक्ष्य तोकिएकोमा १८ अर्व असुलि भएको थियो भने यस अर्व २७ अर्व लक्ष्य तोकिएकोमा माघ महिना सम्ममा १० अर्व असुल भइसकेको भन्सारको तग्यांकमा देखिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ११ : ०९ बजे

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठक : २३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी

मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन संचालनमा रोक

काठमाडौँ । शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै स्वतः पहुँच पुग्छ भन्नु गलत मानसिकता’

नेपालगन्ज । पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल