३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

मुख्यमन्त्री कोहलपुर गोल्डकप : राइजिङ स्टार फाइनलमा प्रवेश



कोहलपुर । मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा राइजिङ स्टार फुटबल क्लब नवलपरासी फाइनलमा प्रवेश गरेको छ । बिहीबार काँक्रेविहार फुटबल क्लब सुुर्खेतलाई पेनाल्टी सुटआउटमा हराउँदै राइजिङ स्टार फाइनल प्रवेश गरेको हो । फाइनल प्रवेश गरेसँगै राइजिङले आयोजक रेसिङ साहारासँग उपाधि भिडन्त पक्का गरेको छ ।

पहिलो हाफको १९ औं मिनेटमा राइजिङ स्टारका फाकुन्ले अवयोमी बोलसियुनले टिमलाई अग्रता दिलाएका थिए । खेलको ७८ औं मिनेटमा काँक्रेविहारका धनसिंह विकले बराबरी गोल फर्काए । निर्धारित समयमा १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा राइजिङ स्टार ५–४ ले विजयी बनेको हो ।

खेलको म्यान द म्याच राइजिङ स्टारका फाकुन्ले घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् । उनलाई राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्प पौडेल, नेकपा एमाले बाँकेका सचिव बलराम भट्टराई, नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति पोषण केसी र कोहलपुर उद्योण वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईले संयुक्त रुपमा प्रदान गरेका थिए ।

प्रतियोगिताको फाइनल फागुन २४ गते हुनेछ । कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ गतेदेखि जारी प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपैयाँ पुरस्कार पाउने कार्यक्रमका संयोजक कर्ण बस्नेतले जनाएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  १० : ५० बजे

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा