३ पुस २०८२, बिहिबार | December 18, 2025

राजा फर्किनेमा मलाई विश्वास छैन- डा. शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. शेखर कोइरालाले राजा फर्किने विषयमा आफुलाई विश्वास नभएको बताएका छन् ।

शुक्रबार नेपाल प्रेस युनियनले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा. कोइरालाले अब फेरी देशमा राजा आउने कुरा आफुलाई विश्वास नलागेको प्रतिक्रिया दिएका हुन् । उनले गणतन्त्रले जनतालाई खुसी पार्न सक्यौं या सकेनौं भन्ने विषय महत्वपूर्ण रहेको बताउदै कोइरालाले राजाको बारेमा कुरा गरेर नहुने बताए ।

उनले भने-  ‘गणतन्त्र ल्यायौं, गणतन्त्रले जनतालाई आशा दिलाउन सक्यौं सकेनौं, भरोसा दिलाउन सक्यौं सकेनौं भन्ने कुरा महत्वपूर्ण हो । राजा फर्किन्छ त भनेर सोध्नु भयो, मलाई लाग्दैन, माई खोलामा धेरै पानी बगिसक्यो यो १०-१५ बर्षमा, अब मलाई विश्वास छैन तर कोसिस त मानिसले गरिरहेको हुन्छ । तर कोसिसलाई चेक गर्ने भनेको अट्याक गर्ने भन्दा पनि हामीले राम्रो काम गरेर चेक गर्नुपर्छ ।’

नेता कोइरालाले मन्त्री र प्रधानमन्त्रीले दिएका अभिव्यक्ति बारे असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ९ : ०५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका