बुटवल ११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला सशक्तिकरण,स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ बुटवलमा शनिबार ५ किलोमिटर र २ किलोमिटर खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न भएको छ । रेडियो मुक्ति बुटवलको आयोजना, कालिका स्वाबलम्बन सामाजिक केन्द्र तथा सेतो गुराँस बालविकास सेवा रुपन्देहीको सह आयोजना र बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका, बित्तिय तथा सामाजिक संघसंस्था तथा बिभिन्न क्लबहरुको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो ।
दौड प्रतियोगितामा कालिका मानवज्ञान माबिकी प्रकृति घिमिरे २३ मिनेट २८ सेकेण्ड ३४ प्रतिसेकेण्डमा ५ किलोमिटर दुरी पार गर्दै प्रथम हुन सफल भएकी छन् । प्रथम घिमिरेले नगद १० हजार रुपैया ,मेडल र प्रमाणपत्र प्राप्त गरिन् । त्यस्तै मानवज्ञान माबिकै कृति पराजुली २३ मिनेट ३९ सेकेण्ड १४ प्रतिसेकेण्डमा दुरी पार गरि द्धितिय भइन् । द्धितिय क्षेत्रीले ७ हजार रुपैया नगद, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
त्यस्तै ज्ञानोदय माबिकी इश्वरी बि. क. २४ मिनेट ३० सेकेण्ड ५० प्रतिसेकेण्डमा पाँच किलोमिटर दुरी पार गर्दै तृतिय हुन सफल भइन् । बुढाले नगद रु नगद ५ हजार, प्रमाणपत्र र मेडल प्राप्त गरिन् ।
त्यस्तै २ किलो मिटर महिला दौड प्रतियोगिता अन्र्तगत बुटवल ९ की कल्पना बस्नेत ९ मिनेट ५९ सेकेण्ड १६ प्रतिसेकेण्डमा २ किलोमिटर दुरी पार गरि प्रथम हुन सफल भईन् । उनले नगद रु ५ हजार ५ सय रुपैया र प्रमाणपत्र तथा मेडल प्राप्त गरिन् । ज्ञानोदय माबिकी कल्पना पल्ली ९ मिनेट ५९ सेकेण्ड ८४ प्रतिसेकेण्डमा दुरी पार गर्दैै द्धितिय हुन सफल भईन् । उनले नगद रु ४ हजार ५ सय प्रमाणपत्र तथा मेडल प्राप्त गरिन् । तिलोत्तमा ९ की रामकुमारी गाहा १० मिनेट ३४ सेकेण्ड ३५ प्रतिसेकेण्डमा दुरी पार गर्दै तेस्रो हुन सफल भईन् ,उनले नगद रु ३ हजार रुपैया मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
विजयी प्रतियोगिलाई रेडियोका उपाध्यक्ष, महिला दौड कार्यक्रमका अध्यक्ष कबिता अर्याल ,बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल, समृद्धि हेयर ड्रेसिङ्ग शलुन बुटवलका संचालक मोहन ठाकुर,उपहार सुज हाउसका संचालक उमा देवकोटा,उत्तम देबकोटा, इनरव्हील डिष्ट्रिक ३५० का चेयर मेन आशा श्रेष्ठ,सफ्टी हाईजिन प्रा। लिका बजार अधिकृत बिश्वास पोखरेल ,कृष्णमाया कार्की लगायतले पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा सफ्टी हाईजिन प्रा लि र उपहार सुज,समृद्धि हेयर ड्रेसिङ्ग शलुन बुटवल ,पाथवे बुटवल अबोर्ड स्टडी प्रा लिले बिजेता ६ जना र सबैभन्दा कम र सबैभन्दा बढी उमेरका खेलमा सहभागी महिलाहरुका लागि बिशेष गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।
प्रदेश प्रमुख कार्यालयबाट शुरु भएको ५ किलोमिटर दौड मिलनचोक हुदै फाईनान्स पुगेर पुनः प्रदेश प्रमुख कार्यालयमा पुगेर समापन गरिएको थियो। भने २ किलोमिटर दौड प्रदेश प्रमुख कार्यालयबाट शुरुभई ट्राफिक चोक पुगेर र पुनः प्रदेश प्रमुख कार्यालयमा आई समापन भएको थियो ।
कार्यक्रममा बुटवलका बिद्यालय, सरकारी तथा गैरसरकारी संघसंस्था र महिला गरी ४५० जना महिलाको सहभागिता रहेको थियो । ५ किलोमिटर दौड प्रतियोगिताको एक कार्यक्रमका बीच बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै पाण्डेयले खेल क्षेत्रको प्रबद्र्धनका लागि बुटवलले बिभिन्न खेल गतिबिधि संचालन गरिरहेको बताए । उनले महिलाको खेल क्षेत्रको बिकास संगै आर्थिक, सामाजिक सबलीकरणका लागी नगरले बिभिन्न सिपमूलक कार्यक्रम अगाडी सारेको बताए ।
२ किलोमिटर खुल्ला महिला दौड कार्यक्रम उद्घाटनगर्दै बिशिष्ट अतिथि उपप्रमुख साबित्रादेबि अर्यालले महिलाको आन्दोलनहरुले सफलताको मार्गमा अगाडी बढेको बताउदै खेलमा पनि महिलालाई लगानी गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रमले खेलाडीमा हौसला प्रदानहुने बताईन् ।आर्थिक सशक्तीरकरणमा नगरले महिलामा लगानीको वातावरण स्थापना गरेको बताइन् । महिला दिवसका अवसरमा बुटवल उपमहानगर पालिकाले बिभिन्न क्षेत्रमा सफल महिलाहरुलाई सम्मान गरिने बताईन् ।
रेडियोका सचिव सबिता निरौलाले महिला खेलाडी उत्पादनमा टेवा पुगोस् भन्ने उदेश्यले दौडप्रतियोगिता आयोजना गरिएको बताइन् । निरौललो महलिाहरुको श्रमको सम्मानका लागि मनाउन शुरु गरिएको यो अभियानलाई सार्थक बनाउन रेडियाले बिभिन्न तरिकाले कार्यक्रम आयोजना गर्दै आएको बताईन् ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरिक्षक इन्द्र बहादुर राना,पत्रकार महासंघ रुपन्देहीका काबा अध्यक्ष बिश्वास ढकाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारी, खेल प्राबिधिक प्रमुख मोहन घले लगायतको उपस्थिती रहेको कार्यक्रमको संचालन रेडियो मुक्तिका स्टेशन म्यानेजर कल्पना तिवारीले गरेकी थिईन् ।
शनिबार ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च ) “महिला र बालिकाको लागिः अधिकार,समानता र सशक्तीकरण“ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी बिश्वभर एकैसाथ मनाईदैछ । रेडियो मुक्ति २०६५ सालमा स्थापना भएको महिलाहरु मात्रै आवद्ध भएको संचार संस्था हो । बुटवल ४ मा स्टुडियो रहेको रेडियो दैनिक १७ घण्टा प्रसारण हुदै आएको छ ।


















प्रतिक्रिया