१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

संयुक्त एम्बुलेन्स चालक संघ रुपन्देहीमा नयाँ नेतृत्व



बुटवल । संयुक्त एम्बुलेन्स चालक संघ नेपाल रुपन्देही शाखामा शनिबार नयाँ नेतृत्व चयन भएको छ । संघको ७ औँ अधिवेशनले मनबहादुर गुरुङलाई लगातार तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा धरवन धरिकार, उपाध्यक्ष बासुदेव रेग्मी, सचिवमा धनबहादुर मगर, सह सचिवमा सन्तराम मौर्य र कोषाध्यक्षमा जंगबहादुर खत्रीलाई चयन गरिएको छ । यसैगरी सदस्यहरुमा राजु गुरुङ, घनलाल भट्टराई, प्रमोद कुर्मी, मोइन खान, सुमन राना र हंसराज यादव चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोपिराम ब्लोनले संस्थालाई थप क्रियाशिल बनाउँदै लैजानका लागि आग्रह गरे । सबै सदस्यहरुलाई समेटेर सामुहिक भावनाले अघि बढ्न सके मात्रै आफ्ना हक अधिकार स्थापित गर्न सकिने बताउँदै उनले सक्रिय भएर लाग्न आग्रह गरे ।

यसैगरी केन्द्रीय महासचिव मुक्ति काफ्लेले संघको आर्थिक पारदर्शितालाई कायम राख्दै थप सिर्जनशिल क्रियाकलापमा सहभागी हुन आग्रह गरे । नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष तथा संघका सल्लाहकार विश्वाष ढकालले पेसालाई पर्यादित बनाउनका लागि आग्रह गरे ।

हरेक विरामीको जीवनसँग जोडिएको संवेदनशिल पेशाका रुपमा एम्बुलेन्स चालकहरुले काम गरिरहेको बताउँदै उनले मर्यादित भएर काम गर्न सकेमा सामाजिक रुपमा स्थापित र सम्मानित हुन सकिने धारणा व्यक्त गरे । स्वास्थ्य सेवा जस्तो जनतासँग प्रत्येक्ष सरोकार राख्ने पेशा भएकाले यसलाई पर्यादित पेशाको रुपमा स्थापित गर्दै संघलाई आर्थिक रुपमा समेत बलियो बनाउने गरी नयाँ नेतृत्वले काम गर्नुपर्ने उनले सुझाव दिए ।

संघ अन्तरगत रुपन्देहीका ७० जना एम्बुलेन्स चालक सदस्य रहेका छन् । गत मंसिर २३ गते आयोजना गरिएको ७ औँ अधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति नभएपछि पौष १२ गते आयोजना गरिएको निर्वाचन प्रक्रियामा पनि कुरा नमिल्दा तेस्रो पटक फागुन २४ गते शनिबार आयोजना गरिएको निर्वाचन प्रक्रियाले नयाँ नेतृत्व चयन गरेको हो । निर्वाचन प्रक्रिया अघि बढेपछि प्यानलसहित उम्मेदवारी घोषणा गरेका सुरज तिवारीको समुहले मतदान हुनै लाग्दा उम्मेदवारी फिर्ता लिएको स्वघोषणासँगै नेतृत्व सर्वसहमत भएको हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ३ : १७ बजे

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि

जेनजी घाइतेको विवरण सार्वजनिक

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न

बैठक जारी रहेकैबेला जलजला दुर्घटनामा २० जनाको ज्यान गएपछि शोक मनाएर बैठक स्थगन

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वको जारी बैठक जिप दुर्घटनामा

रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

रूकुमकोट । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान