५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

एउटै वामपन्थी पार्टी बनाउने अभियानमा छौँ : माओवादी नेता गणेशमान पुन



बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज गणेशमान पुनले वर्तमान सरकारले सुशासनको पक्षमा गरेका कार्यहरू जनतासँग पुर्याउन नेता, कार्यकर्तालाइ आग्रह गरेका छन् ।

माओवादी केन्द्रले देशव्यापीरूपमा सञ्चालन गर्ने तीनमहिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को आज बुटवलमा उद्घाटन गर्दै नेता पुनले पार्टीको सङ्गठन निर्माण र जनताका काम सँगसँगै गर्नुपर्ने बताए । उनले माओवादी केन्द्र देशमा एउटै वामपन्थी पार्टी बनाउने अभियानअन्तर्गत समाजवादी मोर्चा निर्माण गरिएको बताए ।

उनले नयाँ ढङ्गको पार्टी निर्माण अहिलेको आवश्यकता रहेको बताए । नेता पुनले मुलुकमा माओवादीले उठाएका एजेन्डा स्थापित भइसकेको बताउँदै पार्टीमा रहेका कमी–कमजोरी औँल्याउँदै सबै अट्ने माओवादी बनाउन देशभर जनतासँग माओवादी अभियान चलाइएको बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्विनी प्रदेश सदस्य खिमनारायण पराजुली, बुटवल उपमहानगर पालिकका बडानं ३ का वडा अध्यक्ष बिष्णु ढकाल , माओवादी केन्द्रका बुटवल उपमहानगरपलिका वडानं ३ का पार्टी अध्यक्ष जगबहादुर श्रेष्ठ, इन्चार्ज जितेन्द्र खत्री,बहुमुखी आश्रीत टोल बिकास संस्थाका अध्यक्ष तोयनाथ भण्डारी लगायतले बोल्दै पार्टीले सन्चालन गरेको यस अभियानले कार्यकर्तामा नयाँ उत्साह थप्ने र ०८४ को आम चुनावमा पहिलो पार्टी बनाउन क्रियासिल रहने र बनाउने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ९ : १७ बजे

भरतुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन

उच्च अदालत नेपालगन्ज इजलासबाट १० महिनाको अवधिमा ९८.२७ प्रतिशत मुद्दा फर्छ्योट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले चालु आर्थिक वर्ष

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौँ ।  एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२०