३१ भदौ २०८३, बुधबार | September 16, 2026

धनगढीमा यतीको परीक्षण उडान



धनगढी । निजी वायुसेवा कम्पनी यती एअरलाइन्सले शनिबार धनगढी र सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको छ।

यती एअरलाइन्सको ९एन–एएमएनको एटीआर ७२ विमानले सुदूरपश्चिम प्रदेशको धनगढी विमानस्थल र कर्णाली प्रदेशको राजधानीस्थित सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको हो।

दुवै ठाउँमा सफलतापूर्वक परीक्षण उडान भएका एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। नेपालगञ्ज विमानस्थलबाट उडेको यतीको विमान सुर्खेत विमानस्थलमा दिउँसो सवा १२ बजे अवतरण गरेको थियो भने नेपालगञ्जबाटै उडेको सोही विमान दिउँसो साढे १ बजे धनगढी विमानस्थलमा अवतरण गरेको थियो।

परीक्षण उडानमा रहेको उक्त विमानलाई यती एअरलाइन्सका प्रशिक्षक पाइलटद्वय क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले उडान भरेका थिए। उक्त उडानको अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका तथा यती एअरलाइन्सका प्राविधिक तथा प्रतिनिधिहरूको टोली साथमा रहेका थिए।

यती एअरलाइन्सले उक्त विमानस्थलमा निकट भविष्यमा नियमित उडान गर्ने तथा वैकल्पिक विमानस्थलको रूपमा प्रयोग गर्ने उद्देश्यले परीक्षण उडान गरेको जनाएको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ६ : ५१ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै