२१ असार २०८३, आइतबार | July 6, 2026

नेपालद्वारा युगाण्डा एक विकेटले पराजित



काठमाडौं । युगाण्डामा जारी चार देशीय महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले पहिलो खेल जितेको छ । नेपालले आफ्नो दोस्रो खेलमा युगाण्डालाई एक विकेटले पराजित गरेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।

युगाण्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस जितेर नेपालले पहिला फिल्डिङ रोजेको थियो । घरेलु टोली युगाण्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन बनायो । छयहत्तर रनको विजयी लक्ष्य नेपालले १९ दशमलव ५ ओभरमा ९ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि साना प्रवीनले सर्वाधिक १७ रन जोडिन् । उनले ३५ बलमा एक चौका प्रहार गरिन् ।

त्यस्तै पूजा महतोले १६ रन जोड्दा रुबिना क्षेत्रीले १० रन बनाइन् । सम्झना खड्काले ८, कप्तान इन्दु बर्माले ६ तथा ईश्वरी विष्टले अविजित ३ रन जोडिन् । बलिङतर्फ युगान्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन जोडिन् । उनले ४० बलमा तीन चौका प्रहार गर्दै २२ रन बनाइन् ।

त्यसैगरी, स्टेफेनिया नाम्पिलिनाले २५ बलमा एक चौकाको सहयोगमा १४ रन जोडिन् भने मलिषा अरिकोटाले २४ बलमा ११ रन जोडिन् । नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् भने कप्तान इन्दु बर्माले २ विकेट लिइन् । यस सिरिजमा युगान्डाको यो पहिलो हार हो । युगाण्डाले पहिलो खेलमा हङकङलाई पराजित गरेको थियो ।

जारी सिरिजमा घरेलु टोली युगाण्डासँगै नेपाल, नामिबिया र हङकङको सहभागिता रहेको छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । नेपालले भोलि हङकङसँग खेल्नेछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ५ : ३८ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ