४ बैशाख २०८३, शुक्रबार | April 17, 2026

‘नसर्ने रोग विरुद्धको अभियानमा सरकारी निकायको समन्वय आवश्यक’



नेपालगन्ज । सरकारी निकायमा समन्वय नहुँदा नसर्ने रोगको न्युनिकरणमा प्रभावकारी सचेतना जाग्न नसकेको सरोकारवालाहरुले बताएका छन् । आइतबार नेपालगन्जका सञ्चारकर्मीका लागि नसर्ने रोग पहिचान, रोकथाम र नियन्त्रणका लागि अभिमुखीकरण अन्तरक्रिया र पैरवी गोष्ठी तथा स्क्रिनिङ जाँच कार्यक्रममा बोल्नेवक्ताहरुले नसर्ने रोगका लागि अपनाउनुपर्ने उपायहरुका विषयमा सरकारी निकायको संयुक्त अभियान हुनु पर्ने सुझाए ।

उनीहरुले स्वास्थ्य कार्यालयले स्वस्थकर खाना मात्र सेवन गर्न सचेतना फैलाइरहँदा गुणस्तर नियन्त्रण कार्यालयले अखाद्य सामाग्रीको अनुगमन गर्ने नगरेको टिप्पणी गरे । सरकारकै स्वास्थ्य निमायले सुर्तिजन्य र मदिराजन्य पदार्थ सेवन गर्ने नहुने बताइरहँदा सरकारकै अर्को निमायले सुर्ति र मदिरा उत्पादनको अनुमतिपत्र बांडिरहँदा नसर्ने रोग बढ्दै गएको उनीहरुको भनाई छ ।

सरकारले फागुन महिनाको पहलो साताबाटै ३० वर्ष माथिका मानिसमा नसर्ने रोगको अवस्था बुझ्न अभियान सञ्चालन गर्दै आएको छ । सोही सन्दर्भमा आज बाँकेका पत्रकारहरुलाई अभिमुखिकरण सहित स्क्रिनिङ जाँच गरिएको हो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुख सुनिता पौडेलले सय जनाको मृत्यु हुँदा ६६ जना नसर्ने रोगका कारण मृत्यु भइरहेको बताउँदै जीवनशैली र खानपान नसुधारे नसर्ने रोगको जोखिम अझै बढ्ने बताइन् । रोग लाग्न नदिन नियमित अभ्यास, हिडाई, घरमै उत्पादित खानेकुरा खानमा जोड दिँदै उनले आहार बिहार नै नसेर्ने रोग न्युसनकरणको मुख्य उपाय भएको बताइन् ।

उनले पछिल्लो पटकको तथ्याङ्क अनुसार हुने मृत्युको कारणमा ६३ प्रतिशत नसर्ने रोगको कारण हुनेगरेको जानकारी दिदै समय–समयमा नियमित स्वास्थ्य जाँच र खानपानमा विषेश ध्यान दिन आग्रह गरिन ।

कार्यक्रममा जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले बाँकेमा नसर्ने रोगको अवस्था, नसर्ने रोगको प्रभावबाट जोगिन अपनाउनुपर्ने सावधानी लगायतका बारेमा जानकारी गराए ।

श्रेष्ठले प्रस्तुतिकरण गर्दै नसर्ने रोगको नियमित परीक्षण गर्नु पर्ने बताए । उनले दैनिक पसिना निकाल्ने गरि ब्यायाम गर्नुपर्नेमा जोड दिँदै सन्तुलित भोजन र शारिरीक अभ्यासबाट नसर्ने रोग लाग्न रोक्न सकिने बताए ।

वरिष्ठ पत्रकार निरज गौतमले नागरिकको स्वास्थ जीवनमा सरकारको सबै निकायको साझा धारणा हुनुपर्ने बताए । उनले अभिमुखिकरणमा स्वास्थसँग गाँसिएका सरकारी निकायलाई पनि सहभागी बनाउन सुझाव दिए ।

मधुमेह, रक्तचाप, क्यान्सर, मृर्गौला सम्बन्धी रोग यसमा पर्छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ९ : ५७ बजे

संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न पार्टीका

बुटवलमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणका लागि उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता

बुटवल । बुटवल उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशाला तामनगरबीच ज्येष्ठ

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित, आर्थिक क्षेत्र चलायमान हुने विश्वास

पोखरा । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी

कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग

काठमाडौं । कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका

नेपाल-लिथुआनिया सम्बन्ध सुदृढीकरणबारे छलफल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि लिथुआनियाका गैरआवासीय राजदूत