२२ मंसिर २०८२, सोमबार | December 8, 2025

बुटवलमा आजदेखि क्यानको ‘बि टु सि’ समिट सुरु हुँदै



बुटवल । बुटवलमा आजदेखि दुई दिने बि टु सि (विजनेश टु कस्टमर) समिट सुरु हुँदै छ । विश्वमा सूचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा भएका विकास तथा नयाँ-नयाँ प्रविधिसंग सम्बन्धित सामाग्रिहरुको प्रदर्शनी तथा सेवाहरुको बारेमा जानकारी गराउनको लागि आयोजना गरिएको बि टु सि समिट दुई दिनसम्म चल्ने छ ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) रूपन्देहीको आयोजनामा बुटवल मिलनचोकस्थित सिद्धार्थ कटेजमा हुन लागेको समिटको सम्पूर्ण तयारी पुरा भएको क्यान रुपन्देहीले जानकारी दिएको छ । समिटको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नेछन ।

क्यान रुपन्देहीका अध्यक्ष जीवन अधिकारीका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा प्रविधिसंग सम्बन्धित कम्पनीका २८ स्टल रहने छन् । जसमा हार्डवेयर, पावर सोलुसन, सफ्टवेयर र विभिन्न इन्नोभेसन प्रदर्शन गर्नेछन् ।
समिटमा अवलोकनकर्तालाई निःशुल्क प्रवेश गराईने छ ।

कार्यक्रम संयोजक तथा क्यान रुपन्देहीका उपाध्यक्ष विरबहादुर क्षेत्रीका अनुसार समिटमा ५ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । समिटमा प्राविधिक क्षेत्रमा अध्ययन गरेका विद्यार्थी र नीति निर्माण तहका जनप्रतिनीधि तथा अधिकारीहरु तथा उपभोक्ताहरु सहभागि हुने पनि उनले जानकारी गराए ।

क्यान रुपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईका अनुसार समिटमा ब्रान्ड लक्षित कार्यक्रम हुनेछन् । ब्राण्डको प्रमोसन मात्रै गर्नेगरी कार्यक्रमको मोडेल बनाईएकाले खरिद बिक्रि हुनेछैन । त्यस्तै समिटमा उत्पादक तथा इम्पोटर बिच अन्तरक्रिया कार्यक्रम गरिने छ । समिटमा नेपाल टेलिकमले निःशुल्क सिम वितरण गर्नेछ भने आफ्नो सिमकार्डलाई ई-सिममा परिवर्तन गर्न सकिने छ ।

क्यान महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा रुपन्देहीका संस्थापक नवराज कुवँरले समिटबाट सूचना प्रविधिको क्षेत्रमा भईरहेका विकासका बारेमा जानकारी लिन र त्यसबाट कसरी लाभ लिन सकिन्छ भन्ने कुराको बारेमा जानकारी हासिल गर्न सकिने बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ५ : ४७ बजे

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता

नागढुङ्गा-नौबिसे सडक मङ्सिर २४ गतेदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे

मोबाइलदेखि कम्प्युटरसम्म, आँखादेखि कानसम्म : यी हुन् दलहरूका चुनाव चिह्न

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई