२० मंसिर २०८२, शनिबार | December 7, 2025

गणतन्त्र मान्छु भन्दै सपथ खाएका धवलसम्सेरको उदघोष् : राजालाई राजगद्दीमा चाँडै फर्काउछौं



सुर्खेत । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र जनतामा निहित सर्वभौमसत्ता प्रति प्रतिबद्ध रहने सपथ खाएका प्रतिनिधिसभा सदस्य डा. धवलसम्मसेर राणाले राजालाई अब चाँडै राजगद्दीमा राख्ने उद्घोष गरेका छन्। राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक रहेका डा. राणाले राजा ज्ञानेन्द्रलाई नेपाली जनताले विमानस्थलबाट निर्मल निवास पुर्‍याएपछि गणतन्त्रवादीको ‘मुटु हल्लिएको’ समेत बताएका छन् ।

राप्रपा महामन्त्री राणाले सोमबार राप्रपाद्वारा सुर्खेतमा आयोजित मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै राजालाई जनताले काठमाडौं एयरपोर्टबाट निर्मल निवास लगेको देखेपछि गणतन्त्रवादी, संघीयतावादी र धर्मनिरपेक्षतावादीहरूको मुटु हल्लिएको बताउँदै अब राजालाई राजगद्दीमा फर्काउने धेरै समय नभएको बताए ।

चैतमा हुने काठमाडौं केन्द्रित आन्दोलनबाट गणतन्त्र, धर्मनिरपेक्षताको बिदाई गर्ने राणाले घोषणा गरे। ‘आउने चैतमा गणतन्त्र, धर्मनिरपेक्षता, अवस्था र व्यवस्थालाई हामी के गर्छौ ? चैट गर्छौं,’ उनले भने, ‘एक महिनाको समयमा हामी योजना बनाएर अघि बढ्छौं।’

गणतन्त्रवादी पार्टीहरूको मुटु थर्किएपछि हिजोबाट एक ठाउँ आउने योजनामा रहेको भन्दै राप्रपा आन्दोलन परिचालन समितिका संयोजक राणाले भने, ‘अब हामी सबै राजावादी, राष्ट्रवादी, हिन्दुवादी, संघीयताविरोधी, गणतन्त्रविरोधी, भ्रष्टाचारविरोधी एकजुट भएर यिनको सामना गर्नु पर्दछ।’

राजसंस्था सँगसँगै बेचेर खाएको धर्म, संस्कृति पनि पुनःस्थापना गर्ने राणाले बताए। १४ अर्ब रुपैयाँ खाएर हाम्रो धर्म, रीतिरिवाज बेचेको, भ्रष्टाचार भएको कुरा अमेरिकी राष्ट्रपतिको भनाइबाट पुष्टि भएको उनले बताए।

प्रतिनिधिसभा सदस्य समेत रहेका राणाले प्रतिनिधि सभा सदस्य पदको सपथ खाँदा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र जनतामा निहित सर्वभौमसत्ता प्रति प्रतिबद्ध रहने प्रतिबद्धता ब्यक्त गरेका थिए । आफैले खाएको सपथ विपरित व्यवस्था बिरोधी आन्दोलनमा लागेका उनले उपस्थित जनसमुदायलाई काठमाडौं केन्द्रित आन्दोलनमा भाग लिन चैतमा राजधानी आउन आमन्त्रण गरे।

कार्यक्रम वीरेन्द्र चोकमा कोणसभामा परिणत हुनपूर्व मोटरसाइकल र्‍यालीले नगर परिक्रमा गरेको थियो। र्‍यालीमा राजसंस्थाको पक्षमा र गणतन्त्रको विरुद्धमा नारा लगाइएको थियो।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ५ : ३९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल