३१ श्रावण २०८३, आइतबार | August 16, 2026

नेपाल नामिबियासँग पराजित



काठमाडौं । महिला ट्वान्टी-२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । जारी प्रतियोगितामा नेपालको यो प्रतियोगितामा तेस्रो हार हो ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको हो । हारसँगै नेपाल फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ ।

नामिबियासँगको पहिलो भेटमा पनि नेपाल ६ विकेटले पराजित भएको थियो । यस्तै घरेलु टोली युगान्डलाई एक विकेटले हराएको नेपाल हङकङसँग दुई रनले पराजित भएको थियो ।

प्रतियोगितामा दोस्रो जित निकालेको नामिबियाको चार खेलमा चार अङ्क छ । नामिबियाले यसअघि पनि नेपाललाई पराजित गरेको थियो । साथै हङकङसँग चार विकेट र युगान्डासँग एक रनको पराजय बेहोरेको थियो ।

नामिबियाले प्रस्तुत गरेको १२६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर पाँच विकेट गुमाउँदै १०२ रन मात्रै बनाउन सक्यो । नेपालका लागि साना प्रवीनले ३१, कविता कुँवरले अविजित १७ तथा पूजा महतो र कप्तान इन्दु बर्माले समान १५ रन बनाए ।

नामिबियाका लागि इभ्लिन केजरुक्वाले दुई तथा विल्का एमवाटिल, साइमा टुहाडेलिनी र मिकेली एमवाटिलले समान एकरएक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२५ रनको योगफल बनाएको थियो । नामिबियाका लागि यास्मिन खानले ४५, विल्का एमवाटिलले २०, आरास्ता डियर्गार्डले अविजित १६ तथा सुने विटम्यानले १५ रन बनाए ।

नेपालका लागि ईश्वरी विष्टले तीन, रचनाकुमारी चौधरीले दुई तथा रिया शर्मा र इन्दु बर्माले समान एकरएक विकेट लिए । नेपालले अर्को खेल भोलि युगान्डासँग खेल्ने तालिका छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ५ : ३४ बजे

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक

उद्योग र विभिन्न केन्द्रमार्फत निगमको आफै ग्यास बेच्ने निर्णयले अभाव थप जटिल

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका

भारतका प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ

‘आवाराहरुको अध्यक्षलाई चाँही के भन्ने ?’ झपट रावलको ओलीलाई कडा प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले आफ्नै पार्टीका अध्यक्ष

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका