९ श्रावण २०८३, शनिबार | July 26, 2026

होली पर्वलाई परिष्कृत गर्न बाँके प्रहरीको आग्रह



नेपालगन्ज । होली पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लावासीलाई मर्यादित भएर होली पर्व मनाउन आग्रह गरेको छ । होली पर्वको शुभकामना जारी गर्दै बाँके प्रहरीले सभ्य रुपले होली मनाउन आग्रह गरेको हो ।

बाँके प्रहरी प्रमुख तुलबहादुर कार्कीले एक भिडियो सन्देश सार्वजनिक गर्दै बिगतदेखि बनाउँदै आएको होली पर्वलाई परिमार्जन र परिस्कृत गर्न आग्रह गरेका छन् । उनले होली पर्व सदभाव कायम गरि मान्न र मनाउन आग्रह गर्दै पर्वले उत्साह, उमङ्ग र नयाँ अठोट सृजना गर्नुपर्नेमा कतिपय अवस्थामा विगतमा त्यस्तो नभएको उल्लेख गरेका छन् । एसपी कार्कीले कसैको इच्छा विपरित रङ लगाएमा, अरु कसैको धर्म, भाषा र संस्कृतिमा असर पुग्ने कार्य गरेमा र मर्यादा बाहिर गएमा कानुनको दायरामा ल्याइने बताएका छन् ।

मादक पदार्थ सेवन गरेर अमर्यादित तथा उच्छृङ्खल कार्यहरु नगर्न समेत जिल्ला प्रहरी कार्यालय बाँकेले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

यदि त्यस्तो गलत गतिविधि गरेको देखिएमा तुरुन्तै प्रहरी कन्ट्रोलको १००, जिल्ला प्रहरी कार्यालय बाँके प्रवक्ताको ९८५८०२३९२२ मा सम्पर्क गर्न अथवा नजिकैको प्रहरी कार्यालयमा जानकारी दिन बाँके प्रहरीले आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ७ : ०० बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको