३ बैशाख २०८३, बिहिबार | April 16, 2026

काठमाडौंका तीन खाद्य गोदाममा छापा, अनुमति बेगरै खाद्यान्न प्याकिङ



काठमाडौं । तारकेश्वर र नागार्जुनका तीन वटा खाद्यान्न गोदाममा छापा मारिएको छ।

नागार्जुन नगरपालिका-७ का खगेन्द्र खत्रीले तारकेश्वर नगरपालिका-९ मा सञ्चालन गरेको हलेसी फुड खाद्य उद्योग गोदाम, तारकेश्वर नगरपालिका-९ की कल्पना बुढाथोकीले सञ्चालन गरेको देवकोटा चिउरा तथा चामल मिलको गोदाम र  नागार्जुन-४ का मुकेश सिंहले सञ्चालन गरेको श्री गढिमाई प्याकेजिङ उद्योग गोदाममा बुधबार छापा मारिएको हो।

जिल्ला प्रशासन कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग र तारकेश्वर नगरपालिकाको संयुक्त टोलीले तीन वटा गोदाममा छापा मारेको हो।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार अनुमतिबेगर फर्म तथा कम्पनीको ब्राण्ड र ट्रेडमार्क प्रयोग गरी खाद्यान्न प्याकेजिङ गरिरहेको सूचनाका आधारमा गोदाममा छापा मारिएको हो।

ती उद्योगले विभागबाट कुनै पनि अनमुति नलिएको, उत्पादन, प्याकिङ तथा बिक्रीको अनुमति नलिएको, खाद्य सामग्री उपयुक्त तरिकाले भण्डारण नगरेको पाइएको छ।

ती गोदाममा चामल, चिउरा र पिठोका बोराहरू प्याकिङ गरी बाहिर बजारमा पठाइने गरिएको थियो।  तीन वटै गोदाममा शिलबन्दी गरी थप अनुसन्धान थालिएको आचार्यले बताए।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ७ : १३ बजे

सुन प्रतितोला ३ लाख २ हजार ८ सय पुग्यो, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि उकालो लागेको

प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच पहिलोपटक छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग

इरान युद्धको प्रभावबीच चिनिया अर्थतन्त्र अपेक्षाभन्दा तीव्र गतिमा वृद्धि

अमेरिका-इजरायल र इरानबीचको युद्धको प्रभाव विश्वभर देखिइरहेका बेला पनि चीनको

चितवनमा रगत अभाव गम्भीर बन्दै, माग बढ्दा रक्तदाता घट्दै

चितवन । चितवन जिल्लामा रगतको माग बर्सेनि बढ्दै गए पनि

रणनीतिक महत्वको सडक कालोपत्र सुरु भएपछि ताकमवासी उत्साहित

म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ-मुना-ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका-७