५ चैत्र २०८१, मंगलबार | March 18, 2025

समुन्नत मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील बनौं : माधव नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सामाजिक न्याय, समानतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट समुन्नत समाजवादी मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील हुनुपर्ने बताएका छन् ।

होली पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले मुलुकमा जनताको सार्वभौम अधिकारको रक्षा गरी उनीहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा जोड दिएका हुन् ।

बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशमा विभिन्न समुदायका रीति, परम्परा र संस्कृति हाम्रा मौलिक पहिचान र बहुमूल्य सम्पत्ति भएको बताउँदै अध्यक्ष नेपालले सबै जातजाति तथा समुदायको भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्न आवश्यक रहेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  १० : ५० बजे

छिटफुट घटनाबाहेक स्ववियु निर्वाचन सम्पन्न

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा

लिङ्देनले बहिस्कार गर्दा कमल थापाले दिए नवराज सुबेदी नेतृत्वको राजावादी आन्दोलनलाई मान्यता

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समिति

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी