५ पुस २०८२, शनिबार | December 20, 2025

बुटवल उद्योग वाणिज्य संघमा होली मिलन : सास्कृतिक एकता र सद्भावमा जोड



बुटवल । साँस्कृतिक विविधतामा एकताको खाँचो रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । विविधतामा एकताको रुपमा रहेको फागूपूर्णीमाको अवसरमा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले बिहिबार संघमा आयोजना गरिएको होली मिलन कार्यक्रमका सहभागीहरुले विविधतामा एकता सहित र सास्कृतिक सहिष्णुतामा जोड दिएका हुन् ।

कार्यक्रममा बुटवल उपमहानरापलिकाका नगर प्रमुख खेलराज पाण्डेयले फागुपर्वले सबै नेपालीलाई सास्कृतिक एकताको शुत्रमा बाध्ने काम गरेको बताउँदै पर्वले आपसी सद्भाव र धार्मिक सहिष्णुता समेत कायम गर्दै आएको बताए । उनले नेपाली समुदायले मनाउने पर्वको धार्मिक, साँस्कृतिक र ऐतिहासिक समेत महत्व उजागर गर्दै आएको बताउँदै यसको महत्वलाई आत्मसाथ गर्दै अगाडी बढ्नुपर्ने कुरामा जोड दिए । बुटवल उपमहानरपालिकाले लामो समय देखि विकास निर्माण सहितका सामाजिक, आर्थिक र धार्मिक क्षेत्रमा समेत धेरै काम गर्दै आएको बताउँदै उनले ‘समानता, स्वाभिमान र अवसर : बस्नयोग्य बुटवल शहर’को सपना साकार पार्नको लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवल उद्योग बाणिज्य संघले संघको स्थापना देखि नै रङ्गहरुको पर्वको रुपमा रहेको फागूपूर्णीमामा कार्यक्रम आयोजना गर्दै आएको स्मरण गर्दै अग्रजहरुको देखेको सपना साकार पार्नको लागि सबैले सहकार्य गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा संघका पुर्वअध्यक्ष अर्जुनमान शैंजुले फागु जस्ता पर्वले धार्मिक एकता समेत कायम गर्दै आएको बताए । उनले सामाजिक एकताको पर्वको रुपमा रहेको फाुगू पूर्णीमाले सबैमा सकारात्मक चिन्तन विकास गर्नेमा जोड दिए । त्यसैगरी बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपानेले बुटवलको विकासको लागि सबैजनाले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

नेपाल ट्रेड युनियन काग्रेस प्रदेश अध्यक्ष काजीमान श्रेष्ठ, रुपन्देही व्यापार संघका सचिव मनहरी बस्याल, उद्योग व्यापार संघ बुटवलका महासचिव यमलाल मरासिनी, बुटवल उद्योग वाणिज्य संघका पूर्व वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेको धन्यवाद तथा महासचिव मुक्तिप्रसाद अधिकारीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  १ : २० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता