९ श्रावण २०८३, शनिबार | July 26, 2026

बुटवल उद्योग वाणिज्य संघमा होली मिलन : सास्कृतिक एकता र सद्भावमा जोड



बुटवल । साँस्कृतिक विविधतामा एकताको खाँचो रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । विविधतामा एकताको रुपमा रहेको फागूपूर्णीमाको अवसरमा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले बिहिबार संघमा आयोजना गरिएको होली मिलन कार्यक्रमका सहभागीहरुले विविधतामा एकता सहित र सास्कृतिक सहिष्णुतामा जोड दिएका हुन् ।

कार्यक्रममा बुटवल उपमहानरापलिकाका नगर प्रमुख खेलराज पाण्डेयले फागुपर्वले सबै नेपालीलाई सास्कृतिक एकताको शुत्रमा बाध्ने काम गरेको बताउँदै पर्वले आपसी सद्भाव र धार्मिक सहिष्णुता समेत कायम गर्दै आएको बताए । उनले नेपाली समुदायले मनाउने पर्वको धार्मिक, साँस्कृतिक र ऐतिहासिक समेत महत्व उजागर गर्दै आएको बताउँदै यसको महत्वलाई आत्मसाथ गर्दै अगाडी बढ्नुपर्ने कुरामा जोड दिए । बुटवल उपमहानरपालिकाले लामो समय देखि विकास निर्माण सहितका सामाजिक, आर्थिक र धार्मिक क्षेत्रमा समेत धेरै काम गर्दै आएको बताउँदै उनले ‘समानता, स्वाभिमान र अवसर : बस्नयोग्य बुटवल शहर’को सपना साकार पार्नको लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवल उद्योग बाणिज्य संघले संघको स्थापना देखि नै रङ्गहरुको पर्वको रुपमा रहेको फागूपूर्णीमामा कार्यक्रम आयोजना गर्दै आएको स्मरण गर्दै अग्रजहरुको देखेको सपना साकार पार्नको लागि सबैले सहकार्य गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा संघका पुर्वअध्यक्ष अर्जुनमान शैंजुले फागु जस्ता पर्वले धार्मिक एकता समेत कायम गर्दै आएको बताए । उनले सामाजिक एकताको पर्वको रुपमा रहेको फाुगू पूर्णीमाले सबैमा सकारात्मक चिन्तन विकास गर्नेमा जोड दिए । त्यसैगरी बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपानेले बुटवलको विकासको लागि सबैजनाले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

नेपाल ट्रेड युनियन काग्रेस प्रदेश अध्यक्ष काजीमान श्रेष्ठ, रुपन्देही व्यापार संघका सचिव मनहरी बस्याल, उद्योग व्यापार संघ बुटवलका महासचिव यमलाल मरासिनी, बुटवल उद्योग वाणिज्य संघका पूर्व वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेको धन्यवाद तथा महासचिव मुक्तिप्रसाद अधिकारीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  १ : २० बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको