२० मंसिर २०८२, शनिबार | December 6, 2025

घाइते भएपछि ब्राजिलको टिमबाट हटाइए नेइमार



काठमाडौं । ब्राजिलका सुपरस्टार फुटबलर नेइमार फेरी घाइते भएका छन् । शुक्रबार तिघ्राको चोटका कारण नेइमार आगामी विश्वकप छनोटको लागि ब्राजिलको टिमबाट बाहिरिएका छन् ।

अक्टोबर २०२३ देखि ब्राजिलको टिम बाहिर रहेका नेइमारलाई ब्राजिलको विश्वकप छनौटका आगामी खेलका लागि राष्ट्रिय टिममा समावेश गरिएको थियो ।

मार्च २ मा ब्रागान्टिनोविरुद्ध सान्तोसको २-० को जितमा नेइमारको मांसपेशीमा समस्या आएको बताइएको छ । नेइमार कहिलेसम्म ठिक हुन्छन् भन्ने स्पष्ट भएको छैन ।

नेइमारले ब्राजिलका लागि अहिलेसम्म १२८ खेल खेल्दै ७९ गोल गरेका छन् । उनी ब्राजिलका लागि सर्बाधिक गोल गर्ने खेलाडी हुन् ।

नेइमारको चोटपछि ब्राजिलियन फुटबल कन्फेडेरेसनले उनको ठाउमा रियल म्याड्रिडबाट खेलिरहेका युवा खेलाडी एन्ड्रीकलाई टिममा बोलाएको छ । त्यस्तै बोर्डले म्यानचेस्टर सिटीका गोलकिपर एडर्सन र फ्लेमेन्गोका डानिलोलाई पनि टिमबाट बाहिर राखेको छ । उनीहरूको ठाउँमा, लियोनका गोलकिपर लुकास पेरी र फ्लेमेन्गोका डिफेन्डर एलेक्स सान्ड्रोलाई टिममा समावेश गरेको छ ।

जनवरी ट्रान्सफर विन्डोमा आफ्नो पुरानो क्लब सान्तोसमा फर्किएका नेइमार करिब १८ महिनापछि राष्ट्रिय टिममा फर्किएका थिए ।

दक्षिण अमेरिकी विश्वकप छनोट तालिकामा पाँचौं स्थानमा रहेको ब्राजिलले मार्च २१ मा घरेल मैदानमा कोलम्बियासँग र मार्च २५ मा प्रतिद्वन्द्वी अर्जेन्टिनासँग उसको घरेलु मैदानमा खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ८ : ४० बजे

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले