१० बैशाख २०८३, बिहिबार | April 23, 2026

‘स्काई वाक’ले लयमा फर्कँदै भेडेटारका होटलहरु



धनकुटा । गत साउनबाट यहाँको पर्यटकीय नगरी भेडेटारमा सञ्चालनमा आएको स्काई वाक टावरले यहाँका होटल व्यवसायलाई राहत प्रदान गरेको छ ।

कोरोना महामारी र आर्थिक मन्दीसँगै सुक्दै गएको भेडेटारका होटल व्यवसाय टावर सञ्चालनमा आएसँगै सुधारोन्मूख रहेको व्यवसायीहरुको भनाइ छ । “कोरोना अघिको जस्तो व्यापार छैन तर टावर बनेपछि कोरोनाकालमा भन्दा राम्रो भइरहेको छ”, होटल अरुण टपका सञ्चालक रमेश श्रेष्ठले भने । विगत १८ बर्षदेखि होटल व्यवसाय गर्दै आएका श्रेष्ठले भेडेटारको होटल व्यवसायमा देखिएको सुस्तता विस्तारै हटेर जाने विश्वास व्यक्त गरे ।

त्यसैगरी होटल लावती कर्नरका सञ्चालक लीलाराज लावतीले पनि कोरोना महामारीको समयदेखि थलिएको यहाँका होटलहरुको व्यापार स्काई टावर सञ्चालनमा आएपछि सुधारोन्मूख रहेको बताए । यस क्षेत्रका पर्यटकीय स्थलहरुको प्रचार तथा प्रवर्द्धन गर्न सकेमा भेडेटारको पहिलेको व्यापारिक साख फर्कने आशा रहेको उनी बताउँछन ।

होटल एशोसियसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले स्काई वाक सञ्चालनमा आएर यहाँको व्यवसायमा सुधार भएपनि टावरको प्रवेश शुल्क केही महङ्गो भएकाले सोचे जस्तो पर्यटकहरु आकर्षित नभएको गुनासो गरे ।

हाल भेडेटारमा पर्यटकलक्षित एक सय भन्दा बढी सुविधा सम्पन्न र करिब दुई सय बढी साना होटलहरु सञ्चालनमा छन् । साँगुरीगढी गाउँपालिका धनकुटा र आंशिक रुपमा धरान उपमहानगरपालिकाको सिमानामा निर्मित यस स्काई वाकले भेडेटारको पर्यटन तथा व्यापारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।

कोशी प्रदेश लगानी बोर्ड र वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्रयाक्सन्स प्रालिको २० करोड लगानीमा स्काई वाक निर्माण भएको हो । गत साउन १ गतेदेखि सञ्चालनमा आएको स्काई वाक टावर फागुन सम्ममा एक लाख ५० हजार बढी पर्यटकहरुले अवलोकन गरेको सञ्चालक कम्पनीका प्रबन्ध निर्देशक सन्जिव रोकायाले जानकारी दिए । उक्त अवधिमा स्काई वाक टावरबाट रु पाँच करोड बढी कारोबार भएको उनले बताए ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ८ : १८ बजे

क्रियाशील पत्रकार महिला बाँकेको भित्तेपात्रो बिमोचन

नेपालगन्ज । बाँकेमा क्रियाशील पत्रकार महिला बाँकेले नयाँवर्षको शुभकामना आदान

भोलिदेखि नेपालगन्जमा ‘स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ : तयारी पूरा

नेपालगन्ज । भोलिबाट नेपालगन्जमा सुरु हुने ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड

‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा

काठमाडौँबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकलयात्रा’

काठमाडौँ । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘टुर डे लुम्बिनीःपेडल

सुकुम्बासी बस्ती खाली गराउन प्रहरीको माइकिङ

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती शनिबार बिहानदेखि खाली गराइने सूचना