१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

टाटाका ३ वटा नयाँ ईभी बुटवलमा सार्वजनिक



बुटवल । चारपाग्रे सवारीमा नाम कमाएको टाटा मोटर्स कम्पनीको ३ नया मोडलका ईभी चार पाग्रे सवारी बुटवलमा लन्च गरिएको छ । नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी र यस क्षेत्रको डिर्लस सफल अटो ईन्टरनेश्नल प्रालिले आईतबार कालिकानगरस्थित शोरुममा टाटाका कर्भ ईभिसहित टियगो ईभी, नेक्सन के थ्रि ईभी कारहरु लन्च गरेको हो ।

एक समारोहका बिच बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव मुक्ति प्रसाद अधिकारीले नया मोडलका कारहरु लन्च गर्दै टाटा कम्पनी विश्व बजारमा पुरानो र नाम चलेको सवारी साधन उत्पादक भएको बताए । समय अनुसार उपभोक्ताको माग र चाहनालाई मध्येनजर गरि टाटाको ईभी कार नेपाली बजार उपयोगी भएको उनले बताए । बुटवल बजार सवारीको हबका रुपमा रहेको भन्दै टाटा कम्पनीको खपत धेरै रहेको र उपभोक्ताको मागलाई पुरा गरिरहेको उनले बताए ।

कार्यक्रममा सिप्रदीका जिएम सावन्तजंग सिजापतिले रुपन्देही बजारमा टाटाको सवारीको खपतमा पहिलो नम्बरमा रहेको भन्दै यही हिसाबबाट पनि रुपन्देही बजारलाई विशेष प्राथमिकतामा राख्दै आएको दाबी गरे । सवारी बिक्रिपछिको सेवामा आफुहरु विशेष चासो दिएर आधुनिक र उपयोगी नया सुविधासम्पन्न वर्कसप सुभारम्भ गरि सेवा दिने तयारीमा रहेको उनले बताए । बुटवल शोरुममा आईतबार र सोमबार दुई दिनसम्म कार बुकिङ गर्ने उपभोक्तालाई एक वर्षलाई ईन्सुरेन्स कम्पनीबाट ब्यहोर्ने र चार्जिङ समेत आजिवन निशुल्क हुने उनले घोषणा गरे ।

कार्यक्रममा नेपालका लागि टाटाका कन्ट्रि म्यानेजर श्री प्रसन्न रंगनाथनले अटो मोबाईल क्षेत्रमा टाटाको उत्पादन नेपाली बजारमा राम्रो खपत रहेको बताए । टाटाको ग्राहकबाट प्राप्त हुने प्रतिक्रिया आफुहरुलाई सबैभन्दा धेरै उपयोगी हुने भन्दै यसको आधारमा नया र मोडिफाई सवारीहरु बजारमा ल्याउदै गरेको उनले बताए ।

कार्यक्रममा सिप्रदी सेल्स चिफ म्यानेजर निर्मल खत्री तीन वटै नया कारका विशेषताहरु प्रकाश पारे । कर्भ ईभी बजारमा सर्वाधिक रुचाईएको दाबी गरे । एडभान्स डिजाईनमा रहेको लक्जरियस र प्रिमियम वुफे डिजाईन यो पहिलो भएको उनले बताए । १८ ईन्चको टायर, १३ ईन्चको टच स्क्रिन, जेभिएलको ९ स्पिकर जडान, लगेज पर्याप्त राख्न मिल्ने प्रविधियुक्त रहेको छ । २१ वटा ईन्टेलिजेन्स फिचर, ६ वटा एयर ब्याग, ७० वाटको ब्याट्री चार्ज, पाच वटा कलर अप्सन रहेको छ । कारको २६ लाख देखि ५७ लाख रुपैयासम्मको बजार मूल्य रहेको छ ।

यसैगरि अघिल्लो वर्ष लन्च भएको टिआगोको नया स्वरुप, फिचरमा नया मोडेल बजारमा ल्याएको उनले बताए । उपभोक्ताको फिडब्याकको आधारमा नया स्वरुपमा ल्याएको उनले बताए । २०१८ मा पेट्रोल भर्जनमा बजारमा आएको नेक्सन २०२१ मा नेक्सन ईभी गर्दै बजारको माग अनुसार अहिले नया नेक्सन के थ्रि गेम चेन्जरका रुपमा बजारमा ल्याएको उनले दाबी गरे । टाटाको नया डिजिटल डिजाईनका रुप, ग्राउण्ड क्लियरेन्स, सुरक्षा सिस्टम, नया टेक्नोलोजीसहितको साउण्ड सिस्टम, म्याप, सुचना दिने डिस्प्ले,६ वटा कलर अप्सन लगायत रहेको छ ।

कार्यक्रममा सफल अटोका संचालक दिनेश शर्माले सिप्रदीसंगको सहकार्यमा यस क्षेत्रमा चारपाग्रेका सबै खोले सवारी र सेवालाई ध्यान दिने बताए । कार्यक्रममा सिप्रदी सिनियर म्यानेजर डिलर सेल्स मेघराज ढुगेल, सफल अटोका अध्यक्ष भावध्वज ढुगाना, शोरुम म्यानेजर सन्दिप पोखरेलले सवारीको बारेमा जानकारी दिए ।

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  ८ : २५ बजे

वर्षाले क्रिकेट मैदान जलमग्न भएपछि लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

घण्टीघरमा रास्वपा सचिवालय बैठक, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय

नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना

पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

काठमाडौं । बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड

पत्रकार पक्राउको विरोधमा माइतीघरमा महासंघको प्रदर्शन, प्रेस स्वतन्त्रताको ग्यारेन्टी माग

काठमाडौं । समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको