८ चैत्र २०८२, आइतबार | March 22, 2026

‘प्राथमिकताप्राप्त क्षेत्रमा लगानी बढाउन नागरिक लगानी कोष अग्रसर’



काठमाडौँ । नागरिक लगानी कोषले सङ्कलित पुँजी राष्ट्र निर्माण र सरकारको प्राथमिकतामा परेका आयोजनाहरुमा लगानी वृद्धि गर्नेतर्फ अग्रसर भएको बताएको छ । कोषको ३५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा कोषले त्यसका लागि नीतिगत व्यवस्थामा समेत सुधार गर्न थालेको जानकारी गराएको हो ।

कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले लगानी विविधीकरण गनुपर्ने चुनौती रहेको जानकारी गराए । उनले भने, “छरिएर रहेको पुँजी एकीकृत गरी राष्ट्र निर्माणका कसरी लगानी गर्ने ?, सरकारको प्राथमिकतामा रहेको क्षेत्रमा कसरी लगानी वृद्धि गर्ने ?, उत्पादनमुकल क्षेत्र, कृषि, उद्योग, होटल, पर्यटन क्षेत्रमा कसरी लगानी बढाउने ? भन्ने चुनौती छ, त्यसका लागि केही नीतिगत व्यवस्था गरे पनि सुधार गर्नुपर्ने देखिएको छ ।”

उनले कोषमा अनलाइन सेवासमेत विकास गर्दै लगिएको जानकारी गराउँदै नगरिक पेन्सन योजनाको दायरा विस्तार गर्न जरुरी रहेको र त्यसमा सरकारको सहयोगको खाँचो रहेको औँल्याए ।

कार्यक्रममा अर्थसचिव घनश्याम उपाध्यायले मुलुकको आर्थिक वृद्धि र पूर्वाधारका क्षेत्रको विकासका लागि सरकारले अवलम्बन गर्ने नीति तथा कार्यक्रमको मार्गदर्शकका रुपमा अवलम्बन गर्दै अघि बढिरहेको बताए । उनले कोषले सेवाप्रतिको जवाफदेहिता, पारदर्शिताका साथै सेवा सुधार गर्दै जानुपर्ने सुझाव दिए ।

सचिव उपाध्यायले बचतकर्ताको विश्वास जित्दै सङ्कलित वित्तीय स्रोत विविध क्षेत्रमा लगानी बढाउँदै जानुपर्नेमा जोड दिए । उनले ठूलो रकम मुद्दति निक्षेपमा रहेको पाइएकाले यसलाई कोषले सरकारका प्राथमिकताका क्षेत्रमा लगानी बढाउन जरुरी रहेको औँल्याए । उनले उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गरी रोजगारी, गरिबी निवारण र आयमूलक क्षेत्रमा गोगदान गर्नुपर्नेमा जोड दिए ।

नागरिक लगानी कोषका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले सानो पुँजी सङ्कलन गरी अहिले दुई खर्ब ७३ अर्ब ७२ करोड वित्तीय स्रोत सङ्कलन गर्न कोष सफल भएको बताए । उनले कृषि, पूर्वाधार, उत्पादनमूलक क्षेत्र, उद्योग, पर्यटनलगायत क्षेत्रमा पनि लगानी गनुपर्ने आवश्यकता महसुस भएको बताए । उनले स्थापनासँगै निरन्तर नाफामा गइरहेको कोष बचत बढाउँदै जानु सफल भएको बताउँदै अझै बढाउने विश्वास व्यक्त गरे ।

कोष विसं २०४७ मा स्थापना भएको हो । स्थापनाकालमा दुई करोड ४४ लाख बचतबाट सुरु भएको संस्थामा अहिले ६ अर्ब ४८ करोडको चुक्ता पुँजी पुगेको छ । विभिन्न सातवटा ‘स्किम’हरु सञ्चालन गर्दै आएको छ । यी सबै कार्यक्रमबाट जगेडा कोषसहित २७३ अर्ब वित्तीय स्रोत सङ्कलन गर्न सफल भएको छ ।

पुस मसान्तसम्म २६४ अर्ब विभिन्न क्षेत्रमा लगानी गरेको कार्यक्रममा जानकारी दिइएको थियो । साढे ६ लाख सहभागीलाई सेवा दिँदै आएको कोषले ‘सेयर डिबेञ्चर’हरुमा पनि लगानी गरेको जानकारी गराइएको थियो ।

 

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  १ : ०७ बजे

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded