३ पुस २०८२, बिहिबार | December 18, 2025

अबैध मुद्रा पक्राउ प्रकरण संसदमा उठयो, रामहरीले सोधे, ‘२५ करोडको असली मालिक को हो ?’



काठमाडौं । नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले २५ करोड बराबरको अवैध मुद्राको छानबिन हुनु पर्ने माग गरेका छन् । यस्ता घटनामा ड्राइभर, भरिया जस्ता साना मान्छे पक्रने तर मालिकसम्म पुगेर अनुसन्धान नहुने प्रवृति देखिएको भन्दै उनले उचित छानबिनको माग गरेका हुन् ।

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले छानबिन हुदैँन भन्ने गलत भाष्य चिर्न पनि २५ करोड बरामद घटनाको मुख्य नाइके पत्ता लगाउने गरी छानबिन हुनु पर्ने माग राखेका हुन ।

‘नेपाल सरकारले हिजो अवैध रुपमा सिन्धुपाल्चोकका कुसान लामा ड्राइभरले हाकेको एउटा ट्रकबाट २५ करोड नेपाली रुपैयाँ युरो र डलर गरेर समात्न सफल भएकोमा  सरकारलाई धन्यवाद दिन चाहन्छु। कहिले सुन तस्करीका रुपमा त कहिले डलर तस्करीका रुपमा प्रयोग हुने ड्राइभर र भरियाहरूलाई समाउने । जो धनी छ उनीहरू कहाँ नपुग्ने।  यो प्रवृत्तिलाई अन्त्य गर्न सरकारसँग माग गदर्छु,’ उनले संसदमा भने ।

‘कहिले १८ किलो सुन, कहिले ३३ किलो सुनका नाममा यसैगरी विभिन्न भरिया र ड्राइभरलाई पक्रिने  र मालिकसँग नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको थियो, अब सरकारले गहिरो अनुसन्धान गरेर मुख्य व्यक्तिलाई समात्नु पर्छ, नत्र यो अनुसन्धान आँखामा छारो हालजस्तो देखिन पुग्छ,’ उनको माग रहेको छ।

सोमवार राती प्रहरीले काठमाडौंको टोखाबाट करिब २५ करोड बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकका कुसान लामालाई पक्राउ गरे पछि सो बिषय संसदमा पनि उठेको हो । यसअघि माओवादी सांसद माधवप्रसाद सापकोटाले सो घटनामा बिशेष छानबिन समिति बनाउन माग गरेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १ : ३८ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका