६ श्रावण २०८३, बुधबार | July 22, 2026

स्वास्थ्यका लागि प्रातःकालीन हिँडाइ अभियान नेपालगन्जमा, ९ गते बृहत वाकाथन



नेपालगन्ज । स्वास्थ्यका लागि हिँडाईको अभियान सहित सुरु भएको वाकाथन नेपालगन्जमा पनि हुने भएको छ । नेपाल चिकित्सक भेरी शाखाको आयोजनामा चैत ९ गते नेपालगन्जमा वाकाथन हुने भएको हो ।

स्वास्थ्यका लागि हिँडाई अभियानका अभियन्ता बालरोग विशषज्ञ डा किशोर खत्रीले सिङ्गो नेपाललाई हिँडाईको माध्यमबाट एउटै मालामा समेट्न वाकाथन अभियान सुरु गरिएको बताए । स्वास्थ्यका लागि प्रातःकालीन हिँडाइ भन्ने मुल नारासहित प्रातःकालीन हिँडाइ(वाकाथन) अभियान थालिएको उनले बताए । वाकाथनबारे जानकारी गराउँदै उनले हरेक मान्छे बिहान हिँड्न थाल्यो भने मात्र पनि औषधी उपचारमा हुने लाखौं रकम बचत हुने जनाए । स्वास्थ्य सचेतना विस्तार गर्ने तथा नेपालगन्जका पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने र आम नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई एकताको मालामा गास्ने उद्देश्यका साथ नेपालगन्ज वाकाथन हुने उनको भनाई छ ।

उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले वाकाथनलाई सफल पार्न आफुहरुले आर्थिक, नैतिक र भौतिक रुपले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले आफु पनि सनरन्तर बिहान हिँड्ने गरेको जनाउँदै नियमित हिँडाईले नागरिक स्वस्थ बन्न्े र राज्यको स्वास्थ्यमा लगानी हुने करोडौं रकम बचत हुने उल्लेख गरे ।

अभियन्ता डा. केसीका अनुसार नेपालगन्ज वाकाथनमा संघीय स्वास्थ्य मन्त्री प्रदिप पौडेल, स्वास्थ्य सचिव विकास देवकोटा लगायतको सहभागिता रहने छ । नेपालगन्जको गणेशमान चोक अगाडीबाट बिहान ७ः३० बजे सुरु हुने वाकाथन बीरेन्द्र चोक(धम्बोझी चोक) हुँदै पुनः गणेशमान चोकमा पुगेर समापन हुने छ ।

वाकाथनमा सहभागी हुन नेपालगन्जबासीलाई डा. खत्रीले आग्रह गरे । यस अघि दाङमा गरिएको कार्यक्रममा हजारौं स्थानीयबासीको सहभागिता रहेको उनले बताए ।

 

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  १० : ११ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज