७ बैशाख २०८३, सोमबार | April 20, 2026

त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह



कीर्तिपुर । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न आग्रह गरेका छन् । रङ्गशालाको दर्शकदीर्घा निर्माण तथा ‘फ्लड लाइट’ जडानको कार्य निर्धारित समयभित्रै सकेर उदाहरण प्रस्तुत गर्न उनले सम्बद्ध निर्माण व्यवसायीलाई आग्रह गरेका हुन् ।

“यो प्रधानमन्त्रीसहित नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको र सिङ्गो देशका क्रिकेटप्रेमीले चासो दिएको कार्य हो । त्यसैले देशमा विकास निर्माण आयोजना समयमै सम्पन्न हुन सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्ने गरी लाग्नुहोस्,” उपप्रधानमन्त्री सिंहले भने ।

क्रिकेट मैदानमा उपप्रधानमन्त्री सिंहसँगै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले समेत निर्माण कार्यको निरीक्षण गरेका थिए । गत असार ३१ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकबाट कीर्तिपुरमा अन्तरराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला बनाउने निर्णय गरिएको थियो । उक्त कार्य सपन्न गर्न आगामीे वैशाख मसान्तसम्म समयसीमा रहेको छ ।

दर्शकदीर्घा निर्माणका लागि गत फागुन १९ गते ठेक्का लागेको थियो । तीन कम्पनीले प्यारापिट निमार्ण गर्न संयुक्त रूपमा काम पाएका थिए । यस्तै, फ्लडलाइट निर्माणका लागि ‘विसान ईश्वरी जेभी’सँग गत फागुन २२ गते सम्झौता गरेी काम थालिएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  १ : ५२ बजे

जितगढी विजयी उत्सव-२०८३

जितगढी विजयी उत्सव-२०८३

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम

अमेरिकी सहायक विदेशमन्त्री पल कपुर काठमाडौंमा, उच्चस्तरीय भेटवार्ता गर्ने

काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक

पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

दाङ । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक आज दिउँसो