२० मंसिर २०८२, शनिबार | December 6, 2025

तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बुटवलमा शुरु, बुटवललाई खेलमय बनाउने मेयर पाण्डेयको भनाई



बुटवल । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा बिहिवार देखि बुटवलमा शुरु भएको तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता जारी छ । प्रतियोगिताको बिहीबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घघाटन गरेका हुन ।

कार्यक्रममा नगर प्रमुख पाण्डेयले बुटवललाई खेलकुदको माध्यमबाट पनि चिनाउन र खेल पर्यटन मार्फत समृद्धि हासिल गर्ने योजना अनुसार बुटवल उपमहानगरपालिकाले खेलकुद क्षेत्रमा करोडौं रकम छुट्टयाइएको बताए ।

शरिरिक स्वास्थ्य र अनुशासनका लागि पनि खेलकुद आवश्यक रहेको भन्दै उनले बुटवललाई खेलमय बनाउने उद्देश्यले उपमहानगरपालिका आफैंले ५८ वटा बिभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको र केही ठूला प्रतियोगिताहरू अन्य संस्थासँगको सहकार्यमा गरिरहेको बताए ।

बुटवल उपमहानगरपालिकाले खेलकुदलाई बिशेष महत्त्व दिएको भन्दै नगर प्रमुख पाण्डेयले विद्यालय तहबाटै खेलकुदको विकास गर्न विद्यालय स्तरीय विभिन्न खेलकुद तथा सांस्कृतिक प्रतियोगिताहरू सञ्चालन गरिएको बताए । बुटवल ब्याडमिन्टन क्लबका अध्यक्ष पंकज ज्ञवालीको सभापतित्व भएको उद्घघाटन कार्यक्रममा सिद्वार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा, नेपालकै पुराना ब्याडमिन्टन खेलाडी कुमार मोहन बिक्रम शाही, संघका द्वितीय उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सम्भु भट्टराईलगायतले प्रतियोगिताको आवश्यकता र औचित्यबारे आ आफ्नो भनाइ राखेका थिए ।

सो अवसरमा नेपालमा ब्याडमिन्टन खेलको विकास र बिस्तारमा महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै ८१ बर्षिय खेलाडी कुमार मोहन बिक्रम शाहीलाई सम्मान गरिएको थियो । तीनदिनसम्म चल्ने प्रतियोगितामा विभागिय टोलीसँगै एक सय टिमको सहभागीता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए ।

विभिन्न ६ विधामा सञ्चालन हुने प्रतियोगितामा मेन्स सिगलका प्रथम, द्घितिय र तृतियलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि वुमन्स सिगलका प्रथम, द्घितिय, तृतियलाई नगद ३० हजार, २० हजार र १० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि मेन्स डबल्समा प्रथम, द्घितिय र तृतिय टिमले नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि भेट्रान्स ४५ प्लस डबल्समा प्रथम, द्घितिय र तृतियलाई क्रमश ४० हजार, ३० हजार र २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि भेट्रान्स ५५ प्लस डबल्समा प्रथम, द्घितिय र तृतियलाई नगद २० हजार, १५ हजार र १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि मास्टरतर्फ प्रथम, द्घितिय र तृतियलाई क्रमश १५ हजार, १० हजार र ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  ८ : ५२ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल