१२ जेष्ठ २०८३, मंगलबार | May 27, 2026

एमबीएल इक्विटी फण्डका सम्पूर्ण इकाइहरु समय अगावै पूर्ण बिक्री



काठमाडौं । माछापुच्छ्रे बैंक कोष प्रबद्र्धक रहेको तथा माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको एमबीएल इक्विटी फण्डका सम्पूर्ण इकाइहरु आवेदन बन्दहुने मितिको अन्तिम दिनको कार्यालय समय सकिनु अगावै पूर्ण रुपमा बिक्री भएका छन् । २०८१ फागुन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरिएको एमबीएल इक्विटी फण्डको अन्तिम आवेदन मिति २०८१ चैत ७ गते सम्म तोकिएको थियो ।

एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने १२ वर्षे बन्दमुखी प्रकृतिको एमबीएल इक्विटी फण्डको प्रति इकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याइएको थियो । यस फण्डले बिज पूँजी वापत १५ प्रतिशत इकाई मध्ये १४ प्रतिशत अर्थात् एक करोड ६८ लाख इकाई कोष प्रबद्र्धक कम्पनी माछापुच्छ्रे बैंकलाई र १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापक कम्पनी माछापुच्छ्रे क्यापिटललाई सुरक्षित गरि बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

इक्विटी फण्डमा उत्साहजनक सहभागिता जनाई योजनाको निष्काशनलाई सफलता पुर्वक सम्पन्न गराउन सहयोग गर्नु भएकोमा लगानीकर्ताहरुका साथै यस निष्काशनलाई सहयोग गर्ने नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ्ग लि., सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, मिडियाकर्मीलगायतलाई कोष प्रबर्धक माछापुच्छ्रे बैंक एंव कोष व्यवस्थापक माछापुच्छ्रे क्यापिटल लिमिटेडले धन्यवाद ज्ञापन गरेको छ ।

 

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  ९ : ११ बजे

विशेषको आदेश सर्वोच्चबाट बदर, विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

मनसुनी विपद् : खोज/उद्धारमा एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौँ । नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य

निजी क्षेत्रलाई राज्यको प्रमुख आर्थिक साझेदारका रूपमा संवैधानिक मान्यता दिन माग

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन

रास्वपा छोडेकी ममता शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेस

एन आई सी एशिया बैंकले गर्यो विद्यालयलाई सहयोग

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक