१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

एमबीएल इक्विटी फण्डका सम्पूर्ण इकाइहरु समय अगावै पूर्ण बिक्री



काठमाडौं । माछापुच्छ्रे बैंक कोष प्रबद्र्धक रहेको तथा माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको एमबीएल इक्विटी फण्डका सम्पूर्ण इकाइहरु आवेदन बन्दहुने मितिको अन्तिम दिनको कार्यालय समय सकिनु अगावै पूर्ण रुपमा बिक्री भएका छन् । २०८१ फागुन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरिएको एमबीएल इक्विटी फण्डको अन्तिम आवेदन मिति २०८१ चैत ७ गते सम्म तोकिएको थियो ।

एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने १२ वर्षे बन्दमुखी प्रकृतिको एमबीएल इक्विटी फण्डको प्रति इकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याइएको थियो । यस फण्डले बिज पूँजी वापत १५ प्रतिशत इकाई मध्ये १४ प्रतिशत अर्थात् एक करोड ६८ लाख इकाई कोष प्रबद्र्धक कम्पनी माछापुच्छ्रे बैंकलाई र १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापक कम्पनी माछापुच्छ्रे क्यापिटललाई सुरक्षित गरि बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

इक्विटी फण्डमा उत्साहजनक सहभागिता जनाई योजनाको निष्काशनलाई सफलता पुर्वक सम्पन्न गराउन सहयोग गर्नु भएकोमा लगानीकर्ताहरुका साथै यस निष्काशनलाई सहयोग गर्ने नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ्ग लि., सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, मिडियाकर्मीलगायतलाई कोष प्रबर्धक माछापुच्छ्रे बैंक एंव कोष व्यवस्थापक माछापुच्छ्रे क्यापिटल लिमिटेडले धन्यवाद ज्ञापन गरेको छ ।

 

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  ९ : ११ बजे

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र