३ आश्विन २०८३, शनिबार | September 19, 2026

न्यु होराइजन माविले बनाईदियो एन्फा एकेडेमी परिसर देवीनगरमा सुविधा सम्पन्न शौचालय



बुटवल । देवीनगरस्थित एन्फा एकेडेमी परिसरमा सुविधा सम्पन्न शौचालय निर्माण गरि हस्तान्तरण गरिएको छ । न्यु होराइजन माविले २५ लाख लागतमा शौचालय निर्माण गरि शुक्रबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनलाई हस्तान्तरण गरेका छन ।

महिला र पुरुष गरि सुविधा सम्पन्न शौचालय तयार भएको विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले बताए । खेलाडी उत्पादनमा योगदान दिएको एन्फा परिसरमा आवश्यता महसुस गरि सुविधासम्पन्न शौचालय निर्माण गरेको उनले बताए । विद्यालय ३५ औ वाषिर्कोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत सानो समुदायलाई योगदान दिएको उनले बताए । शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजासंगै खेलकुदमा युवा खेलाडीहरु उत्पादनमा अग्रसर रहेको उनले दाबी गरे । यस अघि होराईजनबाट सरकारी विद्यालयहरुमा शिक्षक ब्यवस्थापनमा सहयोग गर्दै आएको उनले बताए । यसैगरि डेक्सबेन्च, पुर्वाधारमा समेत सहयोग गर्दै आएको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले समुदायमा सरकारी र नीजि संस्थाबाट साामाजिक दायित्व अन्तरगतका विभिन्न योगदान महत्वपूर्ण भएको बताए ।

शुद्ध पिउने पानी र सार्वजनिक शौचालयको ब्यवस्थापन अहिले यहाको आवश्यकता भएको उनले तर्क दिदै धेरै संस्थाहरु यसमा अग्रसर रहेको बताए । निजि अस्पतालबाट सामाजिक दायित्वमा गरेको योगदान माग गर्ने तयारीमा रहेको उनले बताए । निजि विद्यालयहरुबाट दिने अक्षयकोषको विषयमा समेत माग गरेको उनले बताए । देविनगरको करीब २७ विगाहा क्षेत्रफलमा विपि पार्क, खुला मन्च, वडा कार्यालय, लनटेनिस कोर्ट लगायत रहेको यसैगरि ५ विगाहा क्षेत्रफलमा अस्पताल बनाउने तयारीमा रहेको उनले बताए । एकेडेमीमा रहेका खेलाडीहरुलाई सहजता हुने गरि शौचालय निर्माण गरिएको उनले बताए ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुले लगानीको भन्दा पनि ठाउको पहिचान महत्वपूर्ण भएको बताए । सामाजिक उत्तरदायित्वमा काम गर्न नसकिरहेको अवस्थामा ठाउ दिएर एन्फाबाट गुण लगाउने काम भएको उनले बताए । गुणात्मक शिक्षामा जोड दिदा होराईजन सफल भएको भन्दै यो संगै सामाजिक क्षेत्रमा समेत योगदान दिदै आएको उनले बताए । २०४६ सालमा स्थापना भएर बुटवलको शैक्षिक क्षेत्रमा ईट्टा थप्ने काम गरेको बताए ।

कार्यक्रममा विद्यालय ब्यवस्थपन समितिका सल्लाहकार बिमल बहादुर शाक्य, कोषाध्यक्ष निर्मल लाकौल, निर्मल कुमार लाकौल, नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विश्वास ढकाल, उपप्राचार्य बासुदेव अर्यालले सामाजिक क्षेत्रमा सबैको सहकार्य जरुरी रहेको बताए ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ७ : ०६ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब