२३ भदौ २०८३, मंगलबार | September 8, 2026

न्यु डाँफे स्पोर्टस क्लवको दशौं संस्करणको फुटबल प्रतियोगिता शनिबारबाट, १६ वटा टिमको भिडन्त हुने



खजुरा । बाँकेकै जेठो क्लबहरुमध्यको न्यु डाँफे स्पार्टस् क्लव खजुराको आयोजनामा भोलि (शनिबार)बाट दशौं डाँफे कप नक आउट फुटबल प्रतियोगिता हुने भएको छ । क्लवका संस्थापक गजबहादुर सिंजालीको स्मृतिमा आयोजना हुने् प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लवले जनाएको छ ।

खजुराको डी गाउँ स्थित मिनी रङ्गशालामा आयोजना हुने फुटबल प्रतियोगिताको तयारी पुरा भएको न्यु डाँफे क्लवका खेल संयोजक तिलकबीर सुनारले जानकारी दिए ।

शनिबार अपरान्ह ४ बजे खजुरा गाउँ पालिका अध्यक्ष डम्बर बिक तुफानले उदघाटन गर्ने फुटबल प्रतियोगितामा उदघाटन खेल योङ स्टार नेपालगन्ज र न्यु डाँफे क्लव (बि) बीच हुने छ ।

नक आउट फूटबल प्रतियोगितामा बाँके जिल्लाका १६ वटा क्लवहरुले भाग लिएको प्रतियोगितका प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।

खेल संयोजक सुनारका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५५ हजार ५५५ र दोस्रोलाई ८५ हजार ५५५ रुपिया नगद पुरस्कार र मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार ५००, उत्कृष्ट गोलकिपरलाई ५ हजार ५०० र उत्कृष्ट स्कोलरलाई ५ हजार ५०० रुपै.ा सहित मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष हरिप्रकाश बिकले जानकारी दिए ।

ए डिभिजनको फुटबलको खेलाडी जन्माइसकेको न्यु डाँफे स्पोर्टस् क्लव २०३८ सालमा गठन भएको क्लव हो ।

 

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ९ : ०५ बजे

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास