२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

पोखरा र चीनको लुझाउ नगरबीच पर्यटनलगायत क्षेत्रमा सहकार्य हुने



सिचुवान । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र चीनको सिचुुवान प्रान्तको लुझाउ नगर प्रमुख यु छिन्हीबीच लुझाउमा औपचारिक भेटवार्ता भएको छ । लुझाउ नगरको औपचारिक निमन्त्रणामा आएका महानगर प्रमुख आचार्य र उनीसँग सहभागी प्रतिनिधिमण्डललाई लुझाउ नगर प्रमुख छिन्हीले स्वागत गरेका थिए ।

प्रतिनिधिमण्डलमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँ, पोखरा महानगरपालिकाका वडा नं २१ का वडा अध्यक्ष दीपक सुवेदी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई लगायत सहभागी थिए ।

भेटमा महानगर प्रमुख आचार्यले नेपाल र चीन बीचको युगौँदेखिको सम्बन्ध भएको बताउँदै असलमित्र राष्ट्रका रुपमा आफूहरूले लिने गरेको बताए । पोखरा र लुुझाउ एक अर्कामा भगिनी सहर भएको बताउँदै उनले पोखराबाट सिचुवानको छेन्दुुमा सुरु गरिएको व्यावसायिक उडानले दुवै सहरबीचको सम्बन्धलाई अझै मजबुुत बनाउने बताए ।

पोखरा–छेन्दु नियमित उडानसँगै पोखरासँग लुझाउसँगको सम्बन्धलाई अझ नजिक बनाउने बताउँदै उनले यस उडानलाई नियमित गराउनका लागि साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । दुई भगिनी सहरबीचको सम्बन्धलाई आगामी दिनमा अझै उचो बनाउने कुरामा आफूहरू लागेको बताउँदै महानगरप्रमुख आचार्यले शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका क्षेत्रमा साझेदारी बढाउनका लागि आग्रह गरे ।

पोखरामा परम्परागत चिकित्सा पद्धतिमा विश्वास गरिने उल्लेख गर्दै उनले लुुझाउमा रहेको परम्परागत चिकित्सा प्रणालीका लागि सहकार्य बढाउन आँफूहरूले सहयोग गर्ने बताए । चीन सरकारले चिनियाँ नागरिकका लागि २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको अवस्था एवं पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरेको बताउँदै उनले पोखरा सहित नेपालमा चिनीया पर्यटकको आगमन बढ्ने उनले विश्वास व्यक्त गरे । उनले लुझाउ नगर प्रमुख छिन्ही सहित प्रतिनिधिमण्डललाई पोखराको औपचारिक भ्रमणका लागि आग्रह गरे ।

लुझाउ नगरका प्रमुख यु छिन्हीले पोखरासँगको द्विपक्षीय सम्बन्धलाई भगिनी शहरका रुपमा आगामी दिनमा अझै प्रगाढ बनाएर लैजाने विश्वास व्यक्त गरे । पोखरासँग शिक्षा स्वास्थ्यसँगै पर्यटन, संस्कृति, कृषि, खेलकुुद आदि क्षेत्रमा सहकार्य गर्न आँफूहरू तयार रहेको उनको भनाइ छ ।

चीनमा परम्परागत चिकित्सा पद्धति लामो समयदेखि प्रभावकारी रुपमा सञ्चालन भइरहेको बताउँदै उनले नेपालको आयुर्वेदिक चिकित्सा पद्धतिसँग पनि सहकार्य गर्ने बताए । नेपालका भएका जडिबुटीबाट औषधी निर्माण, तथ्यांक संकलन जस्ता कुरामा सहकार्य बढाउन सकिने उहाँको भनाइ छ ।

पोखरासँग लुझाउकोे भौगोलिक अवस्थिति पनि मिल्दोजुुल्दो भएको बताउँदै उनले यहाँको जनसङ्ख्या ठूलो रहेको हुँदा राम्रो बजारीकरण हुुन सकेमा पर्यटनका क्षेत्रमा पनि महत्वपूर्ण सहयोग पुुग्न सक्ने उल्लेख गरे । पोखरा र लुझाउबीच पर्यटन एवं संस्कृति विभागबीच सहकार्य एवम् समन्वयका साथै त्यहाँका प्रवद्धनात्मक समाग्रीहरू पठाउन पनि उनले आग्रह गरे ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखराबाट चीनको छेन्दुसम्म सुरु भएको व्यावसायिक उडान आगामी दिनमा पोखरा र लुझाउको सम्बन्ध विस्तारका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए । नेपाल चीनबीचको औपचारिक सम्बन्ध गाँसिएको ७०औँ वर्ष गाँठ मनाइरहँदा चीन सरकारले घोषणा गरेको नेपाल भ्रमण २०२५ र पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ समेतका कारण पोखरासहित नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने विश्वास गरिएको उनको भनाइ छ ।

नेपालको पर्यटन बजारको महत्त्वपूर्ण स्रोत चीन भएको बताउँदै उनले चिनियाँ पर्यटकलाई लक्षित गरी होटेल रेष्टुरेण्ट एवं पर्यटक पथप्रदर्शकहरू तयार रहेको बताए । लुझाउ र पोखराबीचको पर्यटकीय सम्बन्धलाई अघि बढाउनका लागि पोखरा–छेन्दु उडानलाई नियमित बनाउँदै अधिकतम पर्यटक पठाउनका लागि उनले आग्रह गरे ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले लुझाउ नगर प्रमुखसहितको प्रतिनिधि मण्डल चाँडै नै पोखरामा औपचारिक भ्रमणमा आउने विश्वास व्यक्त गर्दै आफूहरू स्वागतको पर्खाइमा रहेको बताए । लुझाउ सहरको सुन्दरता र भइरहकेको विकास अद्भुत रहेको बताउँदै उनले यहाँ पोखराका लागि जान्ने र बुझ्ने कुरा धेरै पाइएको बताए । पोखरा–छेन्दुु नियमति उडानका लागि लुझाउका तर्फबाट महत्त्वपूर्ण सहयोगको अपेक्षा गरिएको बताउँदै उनले यसले दुवै भगिनी सहरको सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले पोखरामा चिनियाँ पर्यटक लक्षित पूर्वाधारहरू पर्याप्त रहेको बताउँदै आफूहरू चीनबाट अधिकतम पर्यटकको स्वागतको पर्खाइमा रहेको बताए । भेटमा लुुझाउ नगरका तर्फबाट साउथ वेष्ट मेडिकल युुनिभर्सिटीका अध्यक्ष हि ताओ, नगरका उपप्रमुख लुओ सुपिङलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ९ : ५० बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र