२२ असार २०८३, सोमबार | July 6, 2026

दशौं डाँफे कप फुटबल : आयोजकको विजयी सुरुवात



खजुरा । बाँकेको खजुरामा आजबाट १० औं डाँफे कप फुटबल प्रतियोगिता सुरु भएको छ । न्यु डाँफे स्पार्टस् क्लव खजुरा ( डि गाउँको आयोजनामा भएको गज बहादुर सिजाली स्मृती १० औं डाँफे कपको उदघाटन खेल आयोजक टिम डाँफे स्पोर्टस क्लव(बी)ले हात पार्न सफल भएको छ ।

न्यू डाँफेको बि टीम र नेपालगन्जको योङ्ग स्टार बीच भएको खेलमा ४-२ को अन्तरले आयोजक विजयी भएको हो । खेलको निर्धारित समयमा दुवै टीमको १(१ गोल भएपछि खेल ट्राईबेकरमा गएको थियो । पेनाल्टी सुटआउट मार्फत आयोजकले थप ३ गोल गर्न सफल भयो भने योङ्ग स्टारले १ गोल मात्र गर्न सकेको थियो ।

क्लवका संस्थापक गजबहादुर सिंजालीको स्मृतिमा आयोजना गरिएको प्रतियोगिताको एक कार्यक्रमका बीच खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक (तुफान)ले उदघाटन गरे । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष विकले खजुरा खेल क्षेत्रका लागि उर्वर भूमि रहेको बताए । अध्यक्ष विकले स्थानीय क्लबहरुले खेल क्षेत्रलाई अघि बढाउन विशेष भूमिका खेलिरहेको उल्लेख गर्दै खेल मैदान देखि अन्य खेलाडी उत्पादन कार्यका लागि पालिकाको सहयोग भइरहने प्रतिबद्धता जनाए ।

क्लबका अध्यक्ष हरी प्रकाश विकको अध्यक्षतामा भएको उद्घाटन समारोहमा खेल संयोजक समेत रहेका क्लबका पूर्व अध्यक्ष तिलकविर सुनारले दशौं संस्करण सम्म निरन्तर सञ्चालन गर्न सक्नु चुनौती रहेको उल्लेख गरे । उनले खेल सम्पन्न गर्न कम्तीमा करिब ८ देखि ९ लाख लाग्ने जनाउँदै स्थानीय सरकारले आगामी वर्षमा बजेट बढाउन खेल आग्रह गरे ।

खेल संयोजक सुनारले अर्को वर्ष गोल्डकप गर्ने गरी तयारी भइरहेको जानकारी दिए । आफूहरू गोल्डकप खेलाउन तयार रहेको जनाउँदै उनले स्थानीय सरकारले बजेट बनाउँदा कन्जुसाई नगर्न अनुरोध गरे।

बाँकेको जेठो क्लबहरू मध्यकै एक न्यू डाँफे स्पोर्ट्स क्लबले लगातार किसिमको प्रतियोगिता गर्दै आइरहेको छ ।

खजुराको डी गाउँ स्थित मिनी रङ्गशालामा आयोजना गरिएको फुटबल प्रतियोगितामा १६ टिमले भाग लिएका छन् । शनिबार (९ गते) देखि सुरु भएको प्रतियोगिता २१ गते सकिने प्रचार प्रसार संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।

आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५५ हजार ५५५ र दोस्रोलाई ८५ हजार ५५५ रुपिया नगद पुरस्कार र मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । विगत केही वर्षदेखि निरन्तर उक्त प्रतियोगिताका लागि प्रथम पुरस्कार र अन्य खेलकुदका सामग्री डि गाउँ निवासी हाल अमेरिका रहने लिल बहादुर थापाले गर्दै आएका छन् । अन्य खर्च आयोजकले स्थानिय सरकार, व्यक्ति तथा व्यापारी बाट सहयोग संकलन गरी गर्ने गरेको क्लबका कोषाध्यक्ष ओपेन्द्र खत्रीले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार ५००, उत्कृष्ट गोलकिपरलाई ५ हजार ५०० र उत्कृष्ट स्कोलरलाई ५ हजार ५०० रुपैया सहित मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष हरिप्रकाश बिकले जानकारी दिए ।

आईतबार अपरान्न ४ बजे भिलेज होम राझा र न्यू भगवती स्पोर्ट्स क्लब बैजनाथ, हसनापुर बीच खेल हुनेछ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको फुटबल खेल खजुराको सोही मिनी रङ्गशालामा भएको थियो।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ९ : ०८ बजे

रुपन्देहीमा बोरिङको भरमा धान रोपाईं

भैरहवा । मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका

पोखरा-दुबई उडान दिगो बनाउन पहल

पोखरा । आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डले गरे दुई गोल

काठमाडौं । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित

आजको मौसम : केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा