५ पुस २०८२, शनिबार | December 20, 2025

दशौं डाँफे कप फुटबल : आयोजकको विजयी सुरुवात



खजुरा । बाँकेको खजुरामा आजबाट १० औं डाँफे कप फुटबल प्रतियोगिता सुरु भएको छ । न्यु डाँफे स्पार्टस् क्लव खजुरा ( डि गाउँको आयोजनामा भएको गज बहादुर सिजाली स्मृती १० औं डाँफे कपको उदघाटन खेल आयोजक टिम डाँफे स्पोर्टस क्लव(बी)ले हात पार्न सफल भएको छ ।

न्यू डाँफेको बि टीम र नेपालगन्जको योङ्ग स्टार बीच भएको खेलमा ४-२ को अन्तरले आयोजक विजयी भएको हो । खेलको निर्धारित समयमा दुवै टीमको १(१ गोल भएपछि खेल ट्राईबेकरमा गएको थियो । पेनाल्टी सुटआउट मार्फत आयोजकले थप ३ गोल गर्न सफल भयो भने योङ्ग स्टारले १ गोल मात्र गर्न सकेको थियो ।

क्लवका संस्थापक गजबहादुर सिंजालीको स्मृतिमा आयोजना गरिएको प्रतियोगिताको एक कार्यक्रमका बीच खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक (तुफान)ले उदघाटन गरे । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष विकले खजुरा खेल क्षेत्रका लागि उर्वर भूमि रहेको बताए । अध्यक्ष विकले स्थानीय क्लबहरुले खेल क्षेत्रलाई अघि बढाउन विशेष भूमिका खेलिरहेको उल्लेख गर्दै खेल मैदान देखि अन्य खेलाडी उत्पादन कार्यका लागि पालिकाको सहयोग भइरहने प्रतिबद्धता जनाए ।

क्लबका अध्यक्ष हरी प्रकाश विकको अध्यक्षतामा भएको उद्घाटन समारोहमा खेल संयोजक समेत रहेका क्लबका पूर्व अध्यक्ष तिलकविर सुनारले दशौं संस्करण सम्म निरन्तर सञ्चालन गर्न सक्नु चुनौती रहेको उल्लेख गरे । उनले खेल सम्पन्न गर्न कम्तीमा करिब ८ देखि ९ लाख लाग्ने जनाउँदै स्थानीय सरकारले आगामी वर्षमा बजेट बढाउन खेल आग्रह गरे ।

खेल संयोजक सुनारले अर्को वर्ष गोल्डकप गर्ने गरी तयारी भइरहेको जानकारी दिए । आफूहरू गोल्डकप खेलाउन तयार रहेको जनाउँदै उनले स्थानीय सरकारले बजेट बनाउँदा कन्जुसाई नगर्न अनुरोध गरे।

बाँकेको जेठो क्लबहरू मध्यकै एक न्यू डाँफे स्पोर्ट्स क्लबले लगातार किसिमको प्रतियोगिता गर्दै आइरहेको छ ।

खजुराको डी गाउँ स्थित मिनी रङ्गशालामा आयोजना गरिएको फुटबल प्रतियोगितामा १६ टिमले भाग लिएका छन् । शनिबार (९ गते) देखि सुरु भएको प्रतियोगिता २१ गते सकिने प्रचार प्रसार संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।

आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५५ हजार ५५५ र दोस्रोलाई ८५ हजार ५५५ रुपिया नगद पुरस्कार र मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । विगत केही वर्षदेखि निरन्तर उक्त प्रतियोगिताका लागि प्रथम पुरस्कार र अन्य खेलकुदका सामग्री डि गाउँ निवासी हाल अमेरिका रहने लिल बहादुर थापाले गर्दै आएका छन् । अन्य खर्च आयोजकले स्थानिय सरकार, व्यक्ति तथा व्यापारी बाट सहयोग संकलन गरी गर्ने गरेको क्लबका कोषाध्यक्ष ओपेन्द्र खत्रीले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार ५००, उत्कृष्ट गोलकिपरलाई ५ हजार ५०० र उत्कृष्ट स्कोलरलाई ५ हजार ५०० रुपैया सहित मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष हरिप्रकाश बिकले जानकारी दिए ।

आईतबार अपरान्न ४ बजे भिलेज होम राझा र न्यू भगवती स्पोर्ट्स क्लब बैजनाथ, हसनापुर बीच खेल हुनेछ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको फुटबल खेल खजुराको सोही मिनी रङ्गशालामा भएको थियो।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ९ : ०८ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने