२२ असार २०८३, सोमबार | July 6, 2026

तिलोत्तमा गोल्डकपमा एपीएफको विजयी शुरुवात



बुटवल । २३ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा विभागिय शसस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी शुरुवात गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगमा उद्घाटन खेलमा विभागिय शसस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी शुरुवात गरेको छ ।

शनिबार पहिलो हाफमा सशस्त्र प्रहरी बल एपीएफ क्लबका टिम क्याप्टेन हरि कार्कीले गरेको एकमात्र गोल निर्णयक बन्यो । निक्कै प्रतिस्प्रर्धात्मक खेलको १७ औं मिनेटमा एपीएफका हरि कार्कीले गोल गरेका थिए । खेलमा राम्रो अवसरहरु गुमाएको आयोजक करेन्ट रुपन्देही-११ खेलमा दबाबमा रहेको थियो । शनिबार दोस्रो हाफ शुरु भएसंगै हावाहुरीका चलेपछि खेल रोकियो । आईतबार भएको दोस्रो हाफको खेलमा रुपन्देही खेलमा फर्कने धेरै अवसरलाई सदुपयोग गर्न चुकेको थियो ।

चार जना विदेशी खेलाडीसहित मैदानमा उत्रेको थियो । खेलमा एपीएफका विशाल गुरुङ प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

आईतबार दिउसो प्रतियोगिताको दोस्रो खेल चर्च ब्याईज युनाईटेड, ललितपुर र नेपाल पुलिस क्लब, काठमाडौंका बिचमा हुने संघका अध्यक्ष लोक पुनले बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैया, गोल्डकप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैया तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाबाट पुरस्कृत गरिने छ ।

यो वर्ष आयोजक करेन्ट रुपन्देही-११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्प्रर्धा गर्ने छन । चैत १६ गतेसम्म संचालन हुने प्रतियोगितामा १ करोड ८ लाख रुपैया, ८८ हजार रुपैया खर्च हुने आयोजकको अनुमान रहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ९ : ३२ बजे

रुपन्देहीमा बोरिङको भरमा धान रोपाईं

भैरहवा । मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका

पोखरा-दुबई उडान दिगो बनाउन पहल

पोखरा । आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डले गरे दुई गोल

काठमाडौं । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित

आजको मौसम : केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा