७ बैशाख २०८३, सोमबार | April 20, 2026

डाँफे कप फुटबल : भिलेज होप डुडुवा विजयी



खजुरा । बाँकेको खजुरामा जारी १० औं डाँफे कप नकआउट फुटबल खेल प्रतियोगितामा आईतबार भएको खेलमा भिलेज होप डुडुवा विजयी भएको छ । भिलेज होपले न्यू भगवती स्पोर्ट्स क्लब बैजनाथलाई शून्यका बिरुद्द १ गोल गर्दै विजयी बनेको हो ।

खेल सुरु भएको सत्ताइसौँ मिनेटमा भिलेज होपका सन्देश शाहीले गरेको गोल नै निर्णायक गोल बन्यो । न्यु डाँफे स्पार्टस् क्लव खजुरा ( डि गाउँको आयोजनामा खजुरा मिनी रङ्गशालामा भएको गज बहादुर सिजाली स्मृती १० औं डाँफे कपमा १६ टिमले सहभागिता जनाएका छन् ।

आजको खेलमा खेलको म्यान अफ दि म्याच भिलेज होपका सन्देश शाही घोषित भए । म्यान अफ दि म्याच खेलाडीलाई समाजसेवी पूर्व खेलाडी बालवीर थापा र फायर फूड एण्ड रेस्टुरेन्टका संचालक इन्द्र बहादुर सोनीले नगद ११ सय साथै ट्रफी र मेडल प्रदान गरेका थिए ।

न्यू डाँफेका संस्थापक गजबहादुर सिजालीले स्थापना गरेको सम्झनामा क्लबले उनकै नामबाट खेल सञ्चालन गरेको हो। बाँके जिल्लाकै दोस्रो रङ्गशाला खजुरा डिगाउँमा रहेको मिनी रङ्गशालामा न्यु डाँफेले हरेक वर्षजस्तै यस वर्ष पनि खेल सञ्चालन गरिरहेको क्लबका अध्यक्ष हरी प्रकाश विकले जानकारी दिए ।

खेललाई दशौँ संस्करणसम्म आइपुग्दा खजुरा क्षेत्रकै गौरवको प्रतियोगिता बनेको खेल संयोजक तिलकवीर सुनारले सुनाए ।

सोमबार हुने खेलमा योङग व्याइज स्पोर्ट्स क्लब बैजनाथ र जिल्ला प्रहरी कार्यालय बाँके भिड्नेछ । प्रतियोगिताको फाइनल चैत्र २१ गते हुने क्लबका सचिव बालाराम खत्रीले जानकारी दिए।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ९ : ५६ बजे

पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

दाङ । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक आज दिउँसो

असिनाले ७४ सवारीसाधनमा क्षति

चितवन । जिल्लामा आइतबार साँझ आएको असिना सहितका पानीबाट ७४

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी । जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ

बुटवलमा ‘युके युनिभर्सिटी एडमिसन डे’, सय बढी विद्यार्थीको सहभागिता

बुटवल । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै