२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

स्थानीयतहको विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन पत्रकार महासंघकको आग्रह



नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई नै उपलब्ध गराउन आग्रह गरेको छ । शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले पछिल्लो केही वर्षयता सञ्चार माध्यमको चुलिँदै गएको आर्थिक संकटलाई मध्यनजर गर्दै स्थानीय सञ्चार माध्यमहरूको प्रवलीकरणको लागि समानुपातिक विज्ञापन नीति लागू गर्दै स्थानीय विज्ञापन तथा लोककल्याणकारी सूचनाहरू स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउने ‘प्रोत्साहन नीति’ अवम्लबन गर्न सम्बद्ध सबै सरोकारवालालाई आग्रह गर्ने निर्णय गरेको हो ।

साथै महासंघ बाँके शाखाले स्थानीय सबै सञ्चार माध्यमलाई श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्न तथा ऐन बमोजिम नियुक्ति पत्र, सेवा सुविधा र नियमित रूपमा पारिश्रमिक उपलब्ध गराउन ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । बैठकले नेपाल पत्रकार महासंघ बाँके शाखाको सूचना अधिकारी महासंघ बाँकेका सचिव कृष्ण ओलीलाई तोक्ने तथा बाँके शाखाको वेबसाइट निर्माण गर्ने निर्णय गरेको छ ।

यसैगरी नेपाली नयाँ वर्ष २०८२ सालको अवसरमा भित्ते–पात्रो (क्यालेण्डर) प्रकाशन गर्ने निर्णय गरिएको सचिव कृष्ण ओलीले बताए । त्यसका लागि शाखा उपाध्यक्ष करुणा शाहको संयोजकत्वमा सचिव ओली, कोषाध्यक्ष सुनिल रेग्मी तथा सदस्यहरू कृष्णराज अधिकारी, पहल बहादुर केसी, आशा परियार र सलामत अली शेष रहने गरी सात सदस्यीय ‘भित्ते–पात्रो प्रकाशन समिति’ गठन गरिएको छ ।

बैठकपछि शाखा सचिव ओलीद्वारा जारी प्रेस विज्ञप्तीमा ‘पत्रकार उपचार कोष’ र ‘पत्रकार कल्याण कोष’ खडा गर्ने निर्णय गरिएको उल्लेख छ । त्यसका लागि नेपाल पत्रकार महासंघ बाँके शाखाको नेपालगन्जस्थित एभरेष्ट बैंकमा रहेको ४ लाख ४ हजार ४५०।२५ रूपैयाँ लाई ‘पत्रकार उपचार कोष’ र ‘पत्रकार कल्याण कोष’ मा रूपान्तरण गर्ने निर्णय गरिएको सचिव ओलीले बताए । अघिल्लो समितिले एम्बुलेन्स खरीद गर्ने प्रस्ताव सहित सो रकम संकलन गरेको थियो ।

यस्तै अघिल्लो कार्यसमितिको पालामा उठ्नुपर्ने बाँकी बक्यौता रकम उठाएर ती कोषमा नै दाखिला गर्ने निर्णय समेत गरिएको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  १० : १३ बजे

दाङका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि

दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय

बाँके ३ मा रास्वपाको अग्रता कायम

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँकेको ३ नम्बर निर्वाचन क्षेत्रमा

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेल १३ हजार २७१ मतको फराकिलो अन्तरसहित अग्रस्थानमा

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा

शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा रास्वपाका जोशीको अग्रता

डडेल्धुरा । डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका

गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको सुरुवाती अग्रता

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर