५ पुस २०८२, शनिबार | December 20, 2025

स्थानीयतहको विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन पत्रकार महासंघकको आग्रह



नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई नै उपलब्ध गराउन आग्रह गरेको छ । शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले पछिल्लो केही वर्षयता सञ्चार माध्यमको चुलिँदै गएको आर्थिक संकटलाई मध्यनजर गर्दै स्थानीय सञ्चार माध्यमहरूको प्रवलीकरणको लागि समानुपातिक विज्ञापन नीति लागू गर्दै स्थानीय विज्ञापन तथा लोककल्याणकारी सूचनाहरू स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउने ‘प्रोत्साहन नीति’ अवम्लबन गर्न सम्बद्ध सबै सरोकारवालालाई आग्रह गर्ने निर्णय गरेको हो ।

साथै महासंघ बाँके शाखाले स्थानीय सबै सञ्चार माध्यमलाई श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्न तथा ऐन बमोजिम नियुक्ति पत्र, सेवा सुविधा र नियमित रूपमा पारिश्रमिक उपलब्ध गराउन ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । बैठकले नेपाल पत्रकार महासंघ बाँके शाखाको सूचना अधिकारी महासंघ बाँकेका सचिव कृष्ण ओलीलाई तोक्ने तथा बाँके शाखाको वेबसाइट निर्माण गर्ने निर्णय गरेको छ ।

यसैगरी नेपाली नयाँ वर्ष २०८२ सालको अवसरमा भित्ते–पात्रो (क्यालेण्डर) प्रकाशन गर्ने निर्णय गरिएको सचिव कृष्ण ओलीले बताए । त्यसका लागि शाखा उपाध्यक्ष करुणा शाहको संयोजकत्वमा सचिव ओली, कोषाध्यक्ष सुनिल रेग्मी तथा सदस्यहरू कृष्णराज अधिकारी, पहल बहादुर केसी, आशा परियार र सलामत अली शेष रहने गरी सात सदस्यीय ‘भित्ते–पात्रो प्रकाशन समिति’ गठन गरिएको छ ।

बैठकपछि शाखा सचिव ओलीद्वारा जारी प्रेस विज्ञप्तीमा ‘पत्रकार उपचार कोष’ र ‘पत्रकार कल्याण कोष’ खडा गर्ने निर्णय गरिएको उल्लेख छ । त्यसका लागि नेपाल पत्रकार महासंघ बाँके शाखाको नेपालगन्जस्थित एभरेष्ट बैंकमा रहेको ४ लाख ४ हजार ४५०।२५ रूपैयाँ लाई ‘पत्रकार उपचार कोष’ र ‘पत्रकार कल्याण कोष’ मा रूपान्तरण गर्ने निर्णय गरिएको सचिव ओलीले बताए । अघिल्लो समितिले एम्बुलेन्स खरीद गर्ने प्रस्ताव सहित सो रकम संकलन गरेको थियो ।

यस्तै अघिल्लो कार्यसमितिको पालामा उठ्नुपर्ने बाँकी बक्यौता रकम उठाएर ती कोषमा नै दाखिला गर्ने निर्णय समेत गरिएको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  १० : १३ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता